Home / Feature Breaking news / दाङ उवासंघमा व्यवसाय दर्ता शिविर सुरु

दाङ उवासंघमा व्यवसाय दर्ता शिविर सुरु

घोराही, २३ भदौ

करको दायरा भन्दा बाहिर रहेर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई करको दायरमा ल्याउने उद्देश्यले घोराहीमा तीन दिने व्यवसाय दर्ता शिविर सुरु भएको छ । दाङ उद्योग बाणिज्य संघ, आन्तरिक राजश्व कार्यालय तुलसीपुर र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा शुक्रवारदेखि सञ्चालन भएको शिविरको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गर्नुभएको थियो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले व्यवसाय दर्ता शिविरले करको दायर भन्दा बाहिर रहेका व्यवसायीहरुलाई कारको दायरमा आउन सहजसँगै राजश्व वृद्धिमा सहयोग पुग्ने बताएका थिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष चन्द्रराज पन्तलगायतले बोल्नुभएको थियो । संघका कोषाध्यक्ष सुशिल पोख्रेलले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संघकी सचिव माया पोख्रेलले गर्नुभएको थियो । आइतवारसम्म सञ्चालन हुने शिविरमा पहिलो दिन शुक्रवार १ सय २० व्यवसायहरु दर्ताको प्रक्रियामा आएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो । शिविर सम्म २५ गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*