Home / समाचार / देशभक्तीको भावना जागृत गराउन आवश्यक

देशभक्तीको भावना जागृत गराउन आवश्यक

घोराही, २३ भदौ

विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराएर युवा वर्गलाई राष्ट्र र राष्ट्रियताप्रति सजक बनाउनुपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही कमिटिले आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीहरुले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनकालागि युवाहरु सचेत हुनुपर्ने बताएका थिए ।

त्यसका लागि जिल्लाका प्रत्येक विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई देशको राष्ट्रियता,नेपाली सस्कृति,धार्मिक विविधता,मौलिक पहिचानका बारेमा जानकारी गराउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल सस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन सस्थानका डिन डा.सञ्जय पोख्रेलले विद्यार्थीहरुमा शैक्षिक ज्ञानसँगै राष्ट्रियताको माया हुनुपर्ने बताउनुभयो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही कमिटिका कोषाध्यक्ष सरेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रीय सचिव छितराज न्यौपाने,बिनयकुमार मिश्रलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलमा हिन्दु स्वयमसेवक संघ नेपाल सस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठका प्राधानाध्यापक प्रविण झा र प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रीय सचिव छितराज न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपालकी घोराही सदस्य सोनी चौधरीको स्वागत गीतवाट सुरुभएको कार्यक्रमको परिषदका सदस्य सुशिला सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका अन्तर्गतका कलेज तथा विद्यालयमा अध्ययनतरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*