Home / Feature Breaking news / प्रमोद बर्माको मृत्यु आत्महत्या होईन हत्या हो भन्दै परिवारद्धारा निष्पक्ष छानविनको माग

प्रमोद बर्माको मृत्यु आत्महत्या होईन हत्या हो भन्दै परिवारद्धारा निष्पक्ष छानविनको माग

दाङ, ९ भदौ ।
नेपाल बैक बर्दियाका प्रवन्धक प्रमोद बर्माको आत्महत्या नभई हत्या भएको भन्दै परिवारले निष्पक्ष छानविनको माग गरेको छ । परिवारले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा वर्माकी श्रीमती पार्वती वस्नेतले आफनो श्रीमानको हत्या भएको भन्दै निस्पक्ष छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने बताउनुभयो ।

वस्नेतले भन्नुभयो–‘मेरो श्रीमानको हत्या भएको हो आत्म हत्या होईन ।’ सुनियोजित रुपमा हत्या भएको उहाँको भनाई छ । उहाँले शरीर भरी गहिरो चोट लागेको, अण्डकोष फुटेको र आँखामा गहिरो चोट रहेकाले आत्महत्या नभई हत्या नै भएको बताउनुभयो । बर्माको लाशसँगै भेटीएको मोटरसाईकलको हेलमेट समेत आफनो श्रीमानको नभएको उहाँको भनाई छ ।

बर्माले प्रयोग गर्ने नेपाल बैंक लिमिटेडको बर्दिया शाखाको मोवाईल समेत नभेटीएको बताउनुभयो । किटानी जाहेरी दिदाँ समेत प्रहरीले दोषी पत्ता लगाउन तदारुकता नदेखाएको उहाँको भनाई छ । बताइन । वस्नेतले साउन २७ गते कोहलपुर प्रहरीमा किटानी जाहेरी दिएको भए पनि प्रहरीले विहिवार मात्रै २ जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

बस्नेतले आशमा खड्का र विन्दु ज्ञवाली विरुद्ध किटानी जाहेरी दिएको बताउनुभयो । साउन २१ गते ज्ञवालीको घरमा वर्माले खाना खान गएको र साँझ करिब साढे ८ बजेसम्म आफुसँग कुराकानी भएको र विहानमात्र वेपत्ता भएको खबर आएपछी वर्दिया पुगेको उहाँको भनाई छ ।

वर्दिया पुगेर पनि कुनै पत्ता लाग्न नसकेपछि प्रहरीमा निवेदन दिन जाँदा प्रहरीले पहिले लिन नमानेको भएपनि धेरै पछि मात्र निवेदन दर्ता गरेको बताउनुभयो । उहाँले ज्ञवालीको घरमा पुग्दा परिवारका हरेक सदस्यहरुले फरक फरक कुरा गरेकाले पनि घटना संकास्पद भएको उहाँको भनाई छ ।

स्वर्गीय बर्माको प्रारम्भीक रिपोर्ट १४ दिनपछि मात्र आएको र भिसेरा रिपोर्टको आवसम्म पनि कुनै पत्तो नभएको बस्नेतले बताउनुभयो । प्रारम्भीक रिपोर्टपनि अस्पतालले राम्रोसँग हेर्न नदिएको भन्दै विन्दु ज्ञवालीका दाजु भेरी अस्पतालको ल्याव प्रमुख रहेको भन्ने खबर आफूहरुले पाएकाले पनि पोष्टमार्टम रिपोर्ट सहि आउछ भन्नेमा शंका व्यक्त गर्नुभयो ।

प्रहरी प्रशासनले आफ्नो श्रीमानको हत्याको सत्यतथ्य बाहिर ल्याउनकालागी कञ्जुसाई गरेको आरोप लगाउदै उहाँले केही कल डिटेल मगाएरको भए पनि पुरै कल डिटेल प्रहरीले नमगाएको उहाँले गुनासो गर्नुभयो । प्रहरीको अनुसन्धान समेत ढिला भएको उहाँको भनाई छ । बर्मा गएको साउन २३ गते अगैयाको जङगलमा झुण्डीएको अवस्थामा फेला पर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*