Home / Feature Breaking news / घरपरिवारको वेवास्ताले क्यान्सरको उपचार गर्न समस्या

घरपरिवारको वेवास्ताले क्यान्सरको उपचार गर्न समस्या

लिलाधर वली
दाङ, ९ भदौ
घरपरिवारको वेवास्ताले दाङमा एक महिलालाई क्यान्सरको उपचार गर्न समस्या भएको छ । घोराही उपमहानगरपालिका–५ स्थायी घरभै हाल घोराही–१० नारायणपुर निवासी अमृता नेपालीलाई घरपरिवारसहित आफनै श्रीमानले वेवास्था गरेपछि उपचारमा समस्या भएको छ ।

घाँटीको क्यान्सरबाट पीडित नेपालीलाई घरपरिवारसँगै आफ्नै श्रीमानले बेवास्था गर्दा दुई बर्षदेखि माईतीको घरमा बसेर उपचार गराउदै आउनुभएको छ । ‘सुरुमा घाटीमा गाठाँगुठी देखिए, त्यसपछि घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालदेखि अन्य निजी अस्पतालमा उपचार गरायौँ तर सञ्चो भएन’–बिरामीका बुबा सुन्दर नेपालीले भन्नुभयो–‘त्यसपछि डाक्टरहरुको सल्लाहमा चितवनको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा लगेर जाँच गराउदा क्यान्सर देखायो।’

अस्पतालमा घाँटीको अप्रेसन गरेर उपचार गरेपछि करिब डेढ बर्षसम्म राम्रो भएको थियो तर अहिले फेरी बल्झीएको छ । छोरीको उपचारका लागि चितवनमा रहेपनि आर्थिक अभावका कारण चेक गराउने गरेपनि अप्रेसन गर्न नसकिएको विरामीका बुबाले फोनमा बताउनुभयो ।

बिरामीका बुबा नेपालीका अनुसार पहिलो पटक घाँटीको अप्रेसन गर्दा साँढे पाँच लाख रुपैया खर्च भएको र अहिलेपनि करिव ४÷५ लाख रुपैयासम्म लाग्ने अस्पतालले बताउने गरेको उनले बताए । दुई बच्चाकी आमा समेत रहेकी अमृताका श्रीमान ६ महिनादेखि सम्पर्क विहिन् छन् ।

करिब नौ बर्ष पहिले प्रेम विवाह गरेका श्रीमान प्रताप नेपाली श्रीमतीलाई पुनः घाँटीको रोग बल्झीएको थाहा पाएपछि गत फागुन महिनादेखि सम्पर्क नरहेको अमृताको बुवाले बताए । अहिले पैसा पनि नपठाउने र फोन गर्दा समेत नउठाउने गरेको परिवारले बताउने गरेका छन । ‘पहिलो पटक विरामी हुदाँ ज्वाईले दुई तीन लाख रुपैयासम्म विदेशवाट पठाउनुभएको थियो’– सुन्दरले भने– ‘अप्रेसन गरेको घाँउमा पुन समस्या देखिएको खवर पाएपछि छ महिनादेखि सम्पर्क विहिन छन् ।’

घरपरिवारले छुुट्एिको छोरालाई आफुहरुले केही गर्न नसक्ने भन्ने र अमृताको श्रीमान सम्पर्कमा नहुदा आफुहरु छोरीको उपचारमा समस्या परेको बताए । आपूmहरु सामान्य परिवार भएको र छोराले मलेसियामा कमाएको अलिअलि पैसावाट छोरीको अहिलेसम्म उपचार गरिरहेको बुबा सुन्दर बताउछन ।

आर्थिक अभावले चापेपनि छोरीलाई उपचारसँगै उनका सात बर्षिय छोरी र चार बर्षिय छोरालाई पढाउनका लागि खर्च जुटाउन समेत समस्या भएको उनले बताए । ‘छोरी विरामी भएपनि घरपरिवारसँगै श्रीमान नै सम्पर्क विहिन भएपछि आफुहरुलाई कसरी उपचार खर्च जुटाउने भन्ने समस्या भएको छ ।’– सुन्दरले भने ।

अस्पतालले जति सक्दो चाडो अप्रेसन गर्न सल्लाह दिएको र आफुसँग पैसा नहुदा ढिला भएको भन्दै उहाले छोरीको उपचारमा सहयोग गरिदिन सरकारी निकाय,विभिन्न संघ सस्थासँगै सहयोगीलाई आग्रह गर्नुभएको छ । अमृताको परिवारले उहाँलाई सहयोग गर्नकालागी राष्ट्रिय बाणिज्य बैकमा रहेको खाता नं. ४३६०००१३५०१० मा रकम जम्मा गरिदिन अनुरोध गरेको छ ।

साथै उहाँको परिवारले सहयोग गर्न चाहनेले मोबाईल नम्बर ९८४७९२४६६२ मा सम्पर्क गर्न पनि उहाँको परिवारले सम्पूर्ण सहयोगी मनहरुलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*