Home / समाचार / डुवानबाट ३४ सय ९१ पशुचौपाया मरे, करिब ४१ लाख बढीको क्षति

डुवानबाट ३४ सय ९१ पशुचौपाया मरे, करिब ४१ लाख बढीको क्षति

घोराही, ३ भदौ ।
अविरल बर्षापछिको बाढी र डुवानमा परि दाङमा पशु चौपायको पनि ठूलो क्षति भएको छ । जिल्ला पशु सेवा कार्यालय दाङका अनुसार पशु चौपाया, खोरगोठ र घाँस खेतीमा गरि ४१ लाख १६ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी र डुवानमा परि ३ हजार १ सय ५० वटा व्रोईलर कुखुरा मर्दा करिब ६ लाख ३० हजार, २ सय १७ वटा स्थानिय जातका कुखुरी बगाउदा १ लाख ७३ हजार ६ सय, ९४ वटा भेडाबाख्रा मर्दा ११ लाख २८ हजार, २८ वटा गाईगोरु मर्दा ५ लाख ६० हजार, दुई वटा भैसी मर्दा एक लाख र दुईवटा सुंगुर मर्दा २० हजार गरि ४१ लाख १६ हजार ६ सय रुपैयाँ बराबरको नोक्सानी भएको कार्यालयले जनाएको छ ।

मध्यपश्चिम क्षेत्रिय प्राकृतिक प्रकोप तथा राहत समितिका बरिष्ठ सदस्य पशुचिकित्सक डा. कृष्णराज पाण्डेको नेतृत्व र पशु सेवा कार्यालय दाङका निमित्त प्रमुख पशु बिकास अधिकृत निमबहादुर पुन सहितको टोलीले बाढी र डुवानबाट पशु चौपायामा भएको क्षतिको बिबरण संकलन गरेको हो ।

घोराही उप महानगरपालिकाको बसन्तापुर, सौडियार, नारायणपुर, तुलसीपुर उप महानगरपालिकाको दुधेना, सिमलखुटी, अम्बापुर, लमही नगरपालिकाको बांगेताल, जलकुण्डी, हात्तिसार, मैने र रिहारमा पशु चौपायाको क्षति भएको छ ।

त्यसैगरी बबई गाउँपालिकाको मलईखोला, दंगिशरण गाउँपालिकाको वडा नम्बर १ र ३, बंगलाचुलीको कालिमाटी र ट्वाङखोलामा पशु चौपायाहरु मरेका छन् । बाढी र डुवानमा परि २८ वटा खोर गोठमा र दंगिशरण ४ मौलीबालुवामा तिन हेक्टरमा गरिएको घाँस खेतीमा क्षति पुगेको पशु सेवा कार्यालयले जानकारी दिएको छ ।

खोर तथा गोठमा क्षति पुग्दा १४ लाख र घाँस खेती नष्ट हुदा एक लाख पाँच हजार मुल्य बराबरको नोक्सानी भएको छ । यसैविच पशु सेवा कार्यालयले बाढी र डुवानमा परि बिरामी परेका पशुहरुको उपचारका लागि पशु बिकास अधिकृत सुदाम भट्टको संयोजकत्वमा पाँच सदस्यीय रेपिट रेस्पोन्स टिम गठन गरिएको छ ।

पशु सेवा कार्यालयमा प्रमुख डा. चन्द्रबहादुर रानाको अध्यतामा आज बसेको सरोकारवालाहरुको बैठक उपचारका लागि आबस्यक पर्ने औषधीको व्यवस्थापन एवं संकलन गर्न पशु चिकित्सक दिपककुमार श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

साथै पशुहरुको उपचार तथा व्यवस्थापनलाई प्रभाबकारी बनाउका लागि पशु बिकास अधिकृत निमबहादुर पुनलाई फोकल पर्सन तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*