Home / Feature Breaking news / दाङमा बाढि आतंकः बीस घर भत्कीए, ५० घर डुबानमा, १ जनाको मृत्यु

दाङमा बाढि आतंकः बीस घर भत्कीए, ५० घर डुबानमा, १ जनाको मृत्यु

दाङ, २८ साउन
तीन बर्ष पछि दाङमा बाढी विपत्ति निम्तीएको छ । शुक्रवार राती देखिको लगातार बर्षाका कारण यहाँका खहरे खोला तथा बबई नदीमा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने बीस बढि घर बगाएको छ ।

20768098_1442946172463370_7793285966146097679_n

यस्तै पचास बढि घर डुवानमा परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ फूलवारीमा स्थानीय तुहि खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय भगवती सुनारलाई शुक्रवार राती खोलाले बगाएको हो । बाख्रा सार्न राती बाहिर निस्केको बेला उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको शब शनिवार बिहान घर नजिकै झ्याङमा अड्किएको अवस्थामा फेला परेको थियो ।
गयरातिदेखीको अविरल वर्षाका कारण बीसभन्दा बढि घर भत्केका छन् भन पचास बढि घर डुवानमा परेका छन् । अहिले सम्म प्राप्त जानकारी अनुसार सबै भन्दा बढि तुलसीपुर उपमहानगरपालिकाको फूलवारीमा १३ घर बगेका छन् । स्थानीय तुहि खोलामा आएको बाढीले अम्बापुर, दमारगाउँ, मजघटुवा गाउँका १३ घर बगाएको स्थानीयले बताएका छन् । दंगीशरण गाउँपालिकाको गोल्टाकुरीमा ६ वटा र बबई नदीमा आएको बाढीले ६ घर भत्काएको स्थानीय प्रकाश डाँगीले जानकारी दिएका छन् । बबईको बाढीले ४० बढि घर डुबानमा परेको छन् ।

babai 2
तीन बर्ष अघिको बाढीले ठुलो विपत्ति निम्त्याएको तुलसीपुर उपमहानगरपालिकाको मोतीपुर गाउँमा पुनः ४ घर बगाएको छ । तीन बर्ष अघि बाढीबाट विस्थापीत चार परिवारलाई पुनः बबईले बिस्थापीत बनाएको छ ।
लमही नगरपालिकाको वडा नम्बर ९ अमिलियामा ७ घर स्थानीय खहरे खोलाले भत्काएको छ । स्थानीय फिरंगी खोलामा आएको बाढीले ७ घर बगाएको जनाईएको हो । बाढी धेरै स्थानमा बालीनालीमा समेत क्षति पु¥याएको छ । उता देउखुरीमा भने राप्ती नदीले खेतीयोग्य जमिन कटान गरेको छ । राप्तीले बस्ती भने डुवानमा नपारेको जनाईएको छ ।

यसैबिच
लगातारको बर्षाका कारण घोराही–तुलसीपुर सडक खण्डमा सडक भत्कीएको छ । तुलसीपुर उपमहानगरपालिकाको मोतिपुर भन्ने स्थानमा सानो कल्भर्टमा आएको पानीको ठूलो मुलले सडकबिच भागबाटै भत्काई दिएको छ ।

Bato Bagyo 2सडक भत्काएपछि सवारी आवागमन ठप्प भएको छ । यसैगरि यहाँका पुलविहिन खोलाहरुमा आएको बाढीका कारण लमही तुलसीपुर सडक खण्डमा यातायात सेवा विहानै देखि अवरुद्ध छ ।
यसअघि २०७१ साउन २९ गते दाङको बबई नदीमा आएको बाढीले स्थानीय नागरिकको ज्यानै जानुका साथ सैयौँ घर बगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*