Home / Feature Breaking news / नेपाल बार दाङमा आज नयाँ नेतृत्व चयन हुदै

नेपाल बार दाङमा आज नयाँ नेतृत्व चयन हुदै

घोराही, २८ साउन
नेपाल बार एशोसीयसन दाङको नयाँ नेतृत्व चयनका लागि आज (शनिवार) मतदान हदै छ । नयाँ नेतृत्वका लागि नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए) दाङ र सयुक्त वामपन्थी कानुन व्यवसायीको प्यानलकाविच मतदान हुने भएको हो ।

नयाँ नेतृत्वको लागि प्रजातन्त्रवादी कानुन व्यवसायीको तर्फवाट अध्यक्षमा प्रदिपकुमार गौतम र सयुक्त प्यानलवाट ओमभक्त डागीको प्यानल चुनावी मैदानमा छ ।

प्र्र्रजातन्त्रवादी कानून व्यवसायी तर्फवाट उपाध्यक्षमा ललितबहादुर केसी,सचिवमा किरणकुमार रेग्मी, कोषाध्यक्षमा किरण पौडेल, सदस्यहरुमा रश्मी पाण्डे धिताल, बद्र्रीरत्न पन्त, सन्जयकुमार केसी, बिनयकुुुमार मिश्र, नारायणप्रससाद रिजाल, बसन्तबहादुर केसी, चिन्तामणि धितालको उमेद्धावारी रहेको छ । पार्षदमा चुनसन चौधरी, दिनेशचन्द पौडेल, धर्मराज ओली, डम्वर बुढाथोकी, अर्जुुनकुमार अधिकारी, बलदेव पाण्डे, गिरबहादुर केसी रहेका छन ।
त्यस्तै बामपन्थी प्यानलवाट उपाध्यक्षमा ठाकुनरप्रसाद गिरी, सचिवमा ठाकुरप्रसाद वली, कोषाध्यक्षमा हरिचन्दा वली, सदस्यहरुमा उत्तम भण्डारी, अच्युतराज न्यौपाने, दिपक थापा, केशवकुमार शर्मा, भागवतप्रसाद दाहाल, कुलबहादुर डागीले उमेद्वारी दर्ता गराउनुभएको छ । पाषदमा चेतबहादुर राहु, लमबहादुर कार्की, हरिप्रसाद शर्मा, मुरलीमनोेहर थापा क्षेत्री, हरि बेल्वासे, गणेशबहादुर वली र प्रेमबहादुर वलीको उमेद्धवारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । बारमा एक सय २४ मतदाता रहेका छन ।
प्रजातन्त्रत्रादी कानुन व्यवसायी संघले शनिवार हुने नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा आफ्ना उमेद्धवारहरुलाई विजयी गराउन आग्रह गरेका छ । नेपाल प्रजातन्त्रवादी कानून व्यवसायी एशोसीयसन दाङका अध्यक्ष निर्मल गौतमको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष प्रल्हादबहादुर काकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिएलएका केन्द्रीय सदस्य बिष्णुुमणि धिताल, दिपक रेग्मी, रेवतीरमण भट्राई, भोला हमाल, भानुभक्त धिताल लगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*