Home / Feature Breaking news / गोरक्ष १३ वर्षमा प्रवेशः पाठकको समीक्षा–‘पत्रकारितामा स्थानीय इस्यू स्थापीत गरायो’

गोरक्ष १३ वर्षमा प्रवेशः पाठकको समीक्षा–‘पत्रकारितामा स्थानीय इस्यू स्थापीत गरायो’

घोराही, २५ साउन
दाङबाट प्रकाशीत हुदै आएको गोरक्ष राष्ट्रिय दैनिक आज वुधवारददेख १३ औँँ वर्षमा प्रवेश गरेको छ । २०६२ साल साउन २५ गतेदेखी प्रकाशन सुरु गरेको गोरक्ष राष्ट्रिय दैनिक प्रकाशन भएको १२ वर्ष पुरा गरि १३ औँ वर्षमा प्रवेश गरेको हो । पत्रिकाले वार्षीक उत्सवको अवसरमा घोराहीमा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ ।

4पत्रिकाका प्रकाशक सुलोचना गौतमको अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्थापनाकालदेखी हालसम्म स्थानीय विषयलाई मुख्य प्राथमीकताका समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमीका निर्वाह गरेको बताएका थिए । उनीहरुले पत्रिकाले दाङको विकासकालागी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालाले पत्रकारहरुले सत्य, निष्पक्ष र युगान्तकारी समाचार सम्प्रेसन गर्नु पर्ने बताउनुभएको छ । दाङबाट प्रकाशन हुदै आएको गोरक्ष राष्ट्रिय दैनिकको १३ औं बार्षिक उत्सवमा बोल्दै उपकुलपति कोइरालाले सो कुरा बताउनुभएको हो । कोइरालाले भन्नुभयो –‘ सञ्चार माध्यम हावाज हिनको हावाज हो, सञ्चार माध्यमले यूगिन सन्देश दिनुपनर्छ ।’

त्यस्तैगरी उहाँले संस्कृत भाषालाई महत्व दिन छोडेको प्रति चिन्ता व्यक्त गदै नेपाली संस्कृति ऋतिरिवाजलाई बचाउन तर्फ सवै लाग्नु पर्ने बताउनुभयो । उहाँले नेपाल संस्कृत विश्वविद्यालयमा धेरै राजनिती हुने गरेको बताउदै यसले गर्दा संस्कृत भाषा कम्जोर हुने बताउनुभयो । ‘विश्वविद्यालयमा नौ नौ महिना सम्म ताला लाग्छ, अनि कसरी हुन्छ यसको विकाश उहाँले भन्नुभयो । उहाँले संस्कृत विश्वविद्यालयमा हुने राजनिति हस्तक्षपको अत्य गरी यसलाई बचाउन सवै जिम्मेवार हुनुपर्ने उहाँको सुझाव थियो ।

2

कार्यक्रममा पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष एवं प्रेस काउन्सील नेपालका निवर्तमान अध्यक्ष नारायणप्रसाद शर्माले जिल्लाको विकासमा अग्रणी भूमिका खेलेको गोरक्ष पत्रिकाले दाङलाई प्रादेशीक राजधानी बनाउने विषयलाई उच्च प्राथमीकता दिन अनुरोध गर्नुभयो ।
पत्रिकाका सल्लाहकार विनोद पोख्रेलले सञ्चारमाध्यमहरुले जनताहरुलाई जगाउदै आएको र जनप्रतिनीधी नहुदाको समयमा जनप्रतिनीधीको भूमीका खेलेको भन्दै अब जनप्रतिनीधीहरुलाई सचेत बनाउन भूमीका खेल्न आग्रह गर्नुभयो ।

3

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, एमालेका अध्यक्ष टिकाराम खड्का, तुलसीपुर उद्योग वाणीज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल, वर्तमान अध्यक्ष विरबहादुर रावत (विरु), राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, अम्वीकेश्वरी राप्ती सार्वजनिक यातयात समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेत, रेडियो स्वर्गद्धारीका प्रवन्ध निर्देशक दधिराम सुवेदी, विजौरी उद्योग वाणीज्य संघका अध्यक्ष मुकेश वली, स्तम्भकार विजय जिएम, वेलझुण्डी खानेपानी संस्थाका अध्यक्ष प्रदिप गौतम, नेपाल प्रेस युनियन दाङका सचिव देवेन्द्र बस्नेत, प्रेस चौतारी दाङका उपाध्यक्ष संगीत बस्याल, प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्ल, मानवअधिकारकर्मी विकीरण गौतम, तुलसीपुर उपमहाननगरपालिका वरिष्ठ वित्तिय अधिकृत ललितबहादुर घर्ति, प्याब्सन दाङका अध्यक्ष यादव गिरी, साहित्यकार लोकराज पराजुली, विविसीका बसुन्धरा गौतम लगायतले शुभकाममना मन्तव्य राख्नुभएको थियो ।
अतिथि सम्पादक किशोरचन्द्र गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बालाराम खड्कार ईन्द्रविवश डिसीले गर्नुभएको थियो ।

तीन कर्मचारी पुररस्कृत

गोरक्ष राष्टिय दैनिकको वार्षीक उत्सवको अवसरमा ३ कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । पत्रिकामा कार्यरत संवाददाता एवं प्राविधिकलाई पुरस्कृत गरिएको हो ।

555पुरस्कृत हुनेमा तुलसीपुर शाखा प्रमुख बालाराम खड्का, संवाददाता अमरराज आचार्य एवं कम्यूटर अपरेटर राजकुमार चौधरी(कान्छा) रहनुभएको छ । उहाँहरुलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो । त्यस अवसरमा स्तम्भकारहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*