Home / Feature Breaking news / नम्वर प्लेट स्पष्ट नहुने सवारी साधनलाई कारबाही

नम्वर प्लेट स्पष्ट नहुने सवारी साधनलाई कारबाही

घोराही, २० साउन
दाङ प्रहरीले नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनहरु कारबाही  गर्न सुरु गरेको छ । नम्बर प्लेट स्पष्ट नभएका एवं अव्यवस्थित पार्किङ गरेका ३० वटा सवारी साधनहरु आज शुक्रवार पक्राउ गरि कारबाही गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउँदको कमाण्डमा खटिएको ट्राफिक सहितको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँचका क्रममास्पष्ट नम्बर प्लेट नभएका र अव्यवस्थित रुपमा पार्कीङ गरिएका विभिन्न कम्पनीका ३० (तिस) वटा सवारी साधनहरुलाई कारबाही गरीएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।तिवारीले सवारी साधनमा स्पष्ट हुने गरी नम्वर प्लेट राख्न सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*