Home / समाचार / आज साउन पन्ध्र, खीर खाने दिन

आज साउन पन्ध्र, खीर खाने दिन

दाङ, १५ साउन
आज साउन १५, खीर खाएर मनाइदैछ । असार १५ मा दही चिउरा खाँदै रोपाई गरेकाहरुले हिजोआज अलि फुर्सद भएको भनेर आज साउन १५ मा खीर खाने चलन छ । वर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिषहरु बताउँछन् । तर चिकित्सकहरुले भने धेरै मसला राखेर खीर पकाउन नहुने सुझाव दिएका छन् । स्वास्थ्यका दृष्टिकोणले मरिच, सुकेको नरिवल, दालचिनी, आदि राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त हुने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*