Home / Feature Breaking news / २५ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन

२५ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन

अमरराज आचार्य
दाङ, ७ साउन
दाङमा आर्थिक वर्ष २०७३÷७४ मा करिब २५ हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यस्थापन गरीएको छ । जिल्लामा रहेका सामादायिक वन क्षेत्रमा र राष्ट्रिय वन क्षेत्रमा गरी २५ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन गरीएको जिल्ला वन कार्यालयल दाङले जनाएको छ । जिल्लामा रहेका ४ सामुदायिक वन र राष्ट्रिय वनमा गरी २४.९ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन गरीएको सहायक जिल्ला वन अधिकृत हरी गौतमले जानकारी दिए ।

उनका अनुसार सदावार सामुदायिक वनमा ३.२ हेक्टर, पुर्व हापुरे सामुदायिक वनमा ५.२ हेक्टर, करी सामुदायिक वनमा ६ हेक्टर, पदमपुर सामुदायिक वनमा ७ हेक्टर र राष्ट्रिय वनमा ३.५ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन गरीएको हो । वैज्ञानिक वन व्यवस्थापनकालागी कार्यालयले २ सामुदायिक वनलाई केही रकम सहयोग गरेको थियो । २ वटा सामुदायिक वनले आफै वैज्ञानिक वन व्यवस्थापन गरेका छन् । वन कार्यालयका अनुसार एउटा सामुदायीक वनमा वैज्ञानिक वन व्यवस्थापनकालागी आएको रकमलाई २ वटा सामुदायीक वनमा लगाइएको हो । सहाय जिल्ला वन अधिकृत गौतमका अनुसार पुर्व हापुरे सामुदायिक वन र पदमपुर सामुदायीक आफैले वैज्ञानिक वन व्यवस्थापन गरेका हुन् ।

IMG_20170712_140557

वैज्ञानिक वन व्यवस्थापनकालागी ११ वटा समुहले वन कार्यालयमा निवेदन पेश गरेका थिए । त्यस मध्ये ३ वटाको कार्य योजना समेत स्वीकृत भई सकेको कार्यालयले जनाएको छ । पछिल्लो चरणमा सामुदायीक वनहरु वैज्ञानिक वन व्यवस्थापन प्रतिको चासो समेत वढदै गएको सहायक वन अधिकृत गौतमले बताए । उनले भने ‘अहिले सामुदायीक वनहरु वैज्ञानिक वन व्यवस्थापन गर्नु पर्दछ भन्ने वढ्नु भएको छ ।’ वन वैज्ञानिक वन व्यवस्थापनको महत्व वुझेर वन व्यवस्थापन गर्नु पर्दछ भन्ने बढेको हुन सक्ने वन कार्यालयको भनाई रहेको छ । सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्ततथा वनले उत्पादन गर्ने वस्तुको निरन्तरताको सुनिश्चितता सहितको वन व्यवस्थापन गरीने जिल्ला वन अधिकृत सुर्यकान्त सिग्देलले बताए ।

वैज्ञानिक वन व्यवस्थापनले व्यवस्थापनमा दुर दृष्टि राख्ने, उद्देश्य प्राप्तिका निम्ति रणनीति बनाउने र नतिजा निर्धारण गर्नुका साथै वनको मौज्दात, विश्लेषण, वार्षिक रूपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण तथा आर्थिक, सामाजिक तथ्यांक संकलन र विश्लेषण गर्न सकिने छ । वन संवद्र्धन प्रणालीद्वारा वनमा रहेका परिपक्व अस्वस्थ, धोद्रा रूखहरूलाई हटाई नयाँ विरुवाले प्रतिस्थापन गराउने वन अधिकृत सिग्देलले बताए । रुख हटाएर जमिनमा घाम लागेमा स्वस्थ नयाँ बिउ वा आउने उनको भनाई रहेको छ । वनमा सवै एकै नासका बिउ भएमा दिगो वन हुन नसक्ने वन अधिकृत सिग्देलको भनाई रहेको छ । दिगो वनकालागी वनमा ४ पुस्ताका विरुवा हुन आवश्यक रहेको हुन्छ ।

वैज्ञानिक वन व्यवस्थापन गर्दा १ हेक्टरमा स्वस्थ माउ रुख १५ देखि २५ वटा मात्र राखेर अरु हटाईने सहायक जिल्ला वन अधिकृत गौतमले बताए । जिल्लामा वैज्ञानिक वन व्यवस्थान पर्दा सामुदायीक वनको क्षेत्रफल अनुसार ब्लक बनाएर व्यवस्थापन गरीएको बताए । एउटा व्लगमा १०वर्षमा सक्ने गरी कार्य योजना योजना बनाइएको छ । यसरी कार्य गर्दा सुरु गरेको स्थानमा आइपुग्नकालागी कम्तीमा पनि ८० वर्ष लाग्ने गौतमको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*