Home / समाचार / अपहरणपछि हत्या गरिएका रणबहादुरको परिवार भन्छन्ः हत्यारालाई जन्मकैद नहुदासम्म लाश उठाउदैनौ

अपहरणपछि हत्या गरिएका रणबहादुरको परिवार भन्छन्ः हत्यारालाई जन्मकैद नहुदासम्म लाश उठाउदैनौ

दाङ, ३० असार
अपराधिक समूहबाट हत्या गरिएका दाङका निर्माण व्यवसायी रणबहादुर घर्तिको परिवारले हत्याराहरुलाई हदैसम्मको कारबाही माग गरेका छन् । अन्यथा उनिहरुले रणवहादुरको शव नबुझ्ने वताएका छन् । घोराहीमा पत्रकार सम्मेलन गर्दै घर्तीको परिवारले अपराधिहरुलाई जन्मकैद हुनु पर्ने माग गरे ।  तुल्सीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुरको पनि हत्या गरिएको थियो । विना कारण रणबहादुरको हत्या भएको भन्दै परिवारले दोषीमाथी जन्मकैदको सजाय र परिवारलाई क्षतिपूर्तिको माग गरेको छ ।

g

आफ्नो व्यवसायकालागी रुकुम जान लागेको व्यक्तीलाई विनाकारण अपहरण गरेर हत्या गरिएको भन्दै रणबहादुरका दाई गनबहादुर घर्तिले घटनामा संलग्नलाई जन्मकैदको सजाय हुनुपर्ने माग गर्नुभयो । घटनाका सम्वन्धमा प्रहरीले रणबहादुरमाथी विभिन्न आरोप लगाउने गरेको उहाँँको भनाई छ ।
रणबहादुरका वुवा गजमान घर्तिले आफ्नो छोरा विना कारण मारिएको भन्दै उचित न्यायको माग गर्नुभयो । साथै रणबहादुरको श्रीमतिलाई रोजगारीको ग्यारेन्टी र २ छोराहरुलाई निशुल्क स्तरिय शिक्षाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । जेठ २६ गते अपहरण भएका रणबहादुरको यसको ३ दिनपछि अपहरणकारीहरुले हत्या गरेका थिए । घर्तिको शव सल्यानको झिम्पे जंगलमा हिजो भेटिएको थियो । उनको शव राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*