Home / प्रदेश समाचार / नवलपरासीमा आन्दोलन यथावत, चुनाव सार्ने हाम्रो माग होईन : मोर्चा

नवलपरासीमा आन्दोलन यथावत, चुनाव सार्ने हाम्रो माग होईन : मोर्चा

परासी – नवलपरासीमा संयुक्त लोकतान्त्रिक मधेशी थरुहट मोर्चा नवलपरासीले आन्दोलनलाई जारी राखेको छ । सरकारले २ नं. प्रदेशको चुनाव सारेपनि प्रदेश नं. ५ मा मोर्चाको माग अझै पुरा नगरेको मोर्चाले आरोप लगाउदै हिजो प्रेस विज्ञप्ती निकाली आन्दोलन जारी रहेको जानकारी दिएको हो ।

केन्द्रको घोषित आन्दोलनमा कार्यक्रम अन्तर्गत राजपा नवलपरासीले गत २९ गतेदेखि आज २ गतेसम्मका लागि जिल्लामा बन्द हडतालका कार्यक्रम तय गरेको थियो ।

राजपाको बन्द एवं आन्दोलनका कार्यक्रमलाई मोर्चाले समर्थन गर्दै जिल्लामा आन्दोलनको कार्यक्रमलाई मोर्चाले नै नेतृत्व गर्न थालेको छ । आज चौथो दिन पनि परासी क्षेत्रमा बन्द यथावत रहेको छ भने यहाँका जनजिवन प्रभावित बनेका छन् ।

मोर्चाका अनुसार सरकारले मधेशीको माग पुरा नगरिकनै असार १४ गते बलजफती निर्वाचन गराउन खोज्यो भने हामी त्यस्को कडा विरोध गर्ने र चुनाव भाड्न हामी बाध्य रहेने जनाएको छ ।

यतिबेला जिल्लाको परासी, बेलाटारी, गोपीगंज, महेसपुर बेलासपुर हकुई लागयतका चोकहरुमा आन्दोलनकर्ता बन्द गराउदै हिँडिरहेका छन् । ठाउँठाउँमा टायर बाल्ने, विरोध ¥याली निकाल्ने र चुनावी प्रचार प्रसार बिथोल्दै आएका छन् ।

मोर्चाले भन्छ, ‘सरकारले हामी मधेशी जनताको माग पुरा गरेन । चुनाव मात्र सारेर हाम्रो माग पुरा हुँदैन । तसर्थ सरकारले हाम्रो माग पूरा नगरे हामी चुनावमा भाग लिदैनांै ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*