सुवास डिसी
तुलसीपुर,२२ असार । तुलसीपुर उपमहानगरपालिका–१२ कचिला स्थित दिब्यज्योति बोर्डिङ स्कुलले १९ औ ब्याचका एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा बिदाई गरेको छ । बिद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि मायाको चिनो सहित उज्योल भबिश्यको कामना गर्दै बिदाइ गरेको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शक्ति कुमार शर्माको अध्यक्षता एबम एसईईमा उत्कृष्ट अङ्क ल्याउने बिद्यार्थीकी अभिभावक शारदा बस्नेतको प्रमुख आतिथ्यमा भएको बधाई तथा बिदाई कार्यक्रममा बिद्यालय संचालक समितिका अध्यक्ष शंकर गिरि, नेपाली काङ्ग्रेसका नेता शिक्षा प्रेमी केशव आचार्य, ज्ञानज्योति क्यम्पसका सहायक प्राचार्य मनोज केसी, तुलसीपुर–११ का वडा सदस्य तथा पुर्ब बिधार्थी सुबास डागी, बिद्यालय संचालक समितिका सदस्यहरु गुरुप्रसाद आचार्य, निम बहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा पुष्पा गिरी, समाजसेवीहरु तारा बहादुर कार्की, हरिदत्त कार्की, अर्जुन बहादुर केसी, गोबर्धन शर्मा, नेत्रमणि शर्मा, घनश्याम बस्नेत, बिद्यालयका प्रधानाध्यापक मनोज आचार्य, पुर्ब प्रधानाध्यापक इन्दिरा शर्मा, बिद्यार्थीहरु चन्द्रा पिएम, दिलमाया पिएमलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बिधालयका पुर्ब प्रधानाध्यापक बिनोद बस्नेतले गरेका थिए ।
RaptiSandesh RaptiSandesh