Home / समाचार / दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने

दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने

दाङ,८ बैशाख । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । महिला जेसिजले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यहि बैशाख ९ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरि मनाउने भएको महिला जेसिज अध्यक्ष डोमा पाण्डेयले जानकारी दिइन ।
जस अन्तर्गत बैशाख ९ गते जेसिज सचिवालयमा उद्घाट तथा शुभकामना आदानप्रदान, १० गते रक्तदान, ११ गते दृष्टि परिवारलाई सामाग्री हस्तान्तरण,१२गते कुर्सी दौड प्रतियोगिता, १३ गते बलात्कारवृद्ध सचेतना कार्यक्रम गर्ने भएको छ । त्यस्तै १४ गते बालबालिकाहरुलाई सहयोग, १५ गते सप्ताहव्यापी कार्यक्रमको समापन गरिने महासचिव ममता विष्टले जानकारी दिइन ।

 

सप्ताहव्यापी कार्यक्रमको लागि मुलसंयोजकको जिम्मेवारी बिष्णु थापालाई दिएको छ भन विभिन्न कार्यक्रमकालागि संयोजकहरु तोकिएको छ । जसमा उद्घाटन कार्यक्रमलाई संगिता गिरी, रक्तदान कार्यक्रमका लागि अञ्जना मल्ला, दृष्टि परिवारलाई सामाग्री संहयोगकालागि संगिता गौतम,कुर्सी दौड प्रतियोगिताकालागि उमा सुवेदी, बलात्कार विरुद्धको सचेतना कार्यक्रमकालागि मंगला राना,बालबालिकालाई सहयोग कार्यक्रमकालागि बिमला पाण्डेय र समापन तथा पिकनिक कार्यक्रमकालागि जुनुकुमारी बुढालाई जिम्मेवारी प्रदान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*