घोराही, १ मंसीर
निर्वाचन क्षेत्र नम्बर २ का उमेद्वारहरुले मतदाता भेटघाटलाई जारी राखेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल, प्रदेश सभा तर्फ १ का उमेद्वार कमल किशोर घिमीरे र २ का उमेद्वार भरतबहादुर न्यौपानेले आफ्नो क्षेत्रमा पर्ने विभिन्न गाँउहरुमा पुगेर मतदाताहरुसँग भोट मागरिहनुभएको छ ।
यसै क्रममा प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनाल र प्रदेश सभा २ का उमेद्वार भरतबहादुर न्यौपानेले आज शुक्रवार घोराही उपमहानगरपालिका वडा नम्बर ६ सौडियारका विभिन्न स्थानका मतदाताहरुसँग भेट गर्नुभएको हो । भेटका क्रममा नेताहरुले शान्ति र विकासको प्रतिक नेपाली कांग्रेसलाई मत दिएर विजयी बनाउन सम्पूर्ण बतदाताहरुलाई अनुरोध गर्नुभयो ।
प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले यो निर्वाचन लोकतन्त्रबादी शक्ती र अधिनायकवाद लाद्न खोज्ने शक्तीबीच भएको बताउनुभयो । खनालले लोकतन्त्रको रक्षाकालागि नेपाली कांग्रेस सधै लागिपरेको भन्दै अधिनायकवाद लाद्न खोज्ने केही दलहरुबीचको गठबन्धनले मतदाताहरुमा अनायश्क भ्रम फैलाएको बताउनुभयो ।
निर्वाचनमा मात्र दाङलाई आफू सत्तामा पुग्ने माध्यम बनाउने नेताहरुका कारण अपेक्षाकृत रुपमा जिल्लाको विकास हुन नसेकेको खनालको भनाई छ । ‘हामी लोकतन्त्रको संस्थागत विकाससँगै आर्थिक समृद्धि चाहिरहेका छौं, अधिनायकवाद नेपाली जनताले चाहेका छैनन्’ उम्मेदवार खनालले भन्नुभयो–‘अब अधिनायकवाद रोज्नेकि लोकतन्त्र रोज्ने तपाई मतदाताहरुको जिम्मा छ ।’ देशको विकास र निकास नेपाली कांग्रेसले गर्र्ने बताउदै खनालले नेपाली काग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो ।
प्रदेश सभा क्षेत्र नम्बर २ का उमेद्धार भरतवहादुर न्यौपानेले देशलाई सही बाटोतर्फ लग्नकालागि नेपाली काग्रेसको विकल्प नभएको बताउनुभयो । कांग्रेसले जिल्लाका हरेक गाँउगाँउमा विकासका पूर्वाधार पु¥र्याएको भन्दै देशकै एकमात्र विकासप्रेमी पार्टि कांग्रेस भएको न्यौपानेको भनाई छ ।
‘ हामी विकास प्रेमी पार्टी हौ विकासलाई हामी चुनावी नारा बनाउदैनौ’ न्यौपानेले भन्नुभयो–‘जिल्लाका हरेक ठाँउमा जति विकास पुगेको छ त्यो कांग्रेसले पु¥याएको हो ।’ स्थानीय जनप्रतिनीधीले मात्र सबै विषयवस्तु वुझ्ने गरेको हुँदा घुमन्ते उमेद्वारलाई पराजित गराउदै जनताले पाठ सिकाउनुपर्ने बताउनुभयो ।
‘तपाईहरुको समस्या यही ठाँउको मान्छेले बुझेको हुन्छ, यहाँको समस्या हाम्रो समस्या हो’ उहाँले भन्नुभयो–‘बाहिरको मान्छेलाई के थाहा यहाँको समस्या, स्थानीय उमेद्वारलाई विजयी बनाउनुभयो भने हामीले यही ठाँउको विकास गर्ने हो ।’
न्यौपानेले सधै आफूहरु मतदाताहरुको साथमा रहेको पनि बताउनुभयो । शुक्रवार पन्दनपुर, फचकपुर, चैनपुर, अघरा, गुरुवागाँउ, गुर्गै लगायत विभिन्न स्थानमा चुनावी सभा तथा मतदाता भेटघाट कार्यक्रम भएको थियो ।