घोराही, २ भदौ
नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति दाङले ३५ औँ नेपाल पूर्व प्रहरी दिवश मनाएको छ । संगठनले घोराहीमा एक कार्यक्रमको आयोजना गरि दिवश मनाएको हो । आईतवार एक कार्यक्रमको आयोजना गरेर दिवश मनाएको हो ।
संगठनका जिल्ला अध्यक्ष रोबरबहादुर बस्नेतको अध्यक्षता एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरिक्षक राजेन्द्रप्रसाद भट्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले संगठनले आजिवन सदस्यहरुको क्षमता अभिवृद्धिसँगै सामाजिक सशक्तिकरणका लागि पु¥याएको योदानको प्रशंसा गरेका थिए । उनीहरुले आगामी दिनमा पनि सामाजिक रुपान्तरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा न। १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, १८ का अध्यक्ष भरत अर्याल, वडा न। ८ का अध्यक्ष जितेन्द्र शाह, सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष आर।के।शीतल, शहिद अमर प्रहरी परिवार जिल्ला अध्यक्ष निर्मला थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा आजिवन सदस्यहरुबिच नृत्य प्रतियोगिता भएको थियो ।
जसमा पूर्व प्रहरी परिवार युवा संगठनका विन्दु सुवेदी प्रथम, पूर्व प्रहरी कर्मचारीको टेकबहादुर बुढाथोकी र बसन्त के।सी दृतिय, पूर्व प्रहरी महिला संगठनका सदस्य जानुका भुषाल तृतिय र अमर प्रहरी परिवारको रेश्मा आचार्य, शान्ती केसी, विना श्रेष्ठ र भुमा वलीको समूह सान्त्वना भएको थियो ।
कार्यक्रममा पूर्व प्रशासकिय अधिकृत तथा कलाकार दलबहादुर बस्नेतले पूर्व प्रहरी गीत प्रस्तुत गर्नुभएको थियो । संगठनका सल्लाहकार एवं पूर्व प्रहरी नायव उपरिक्षक पूर्णबहादुर भण्डारीले स्वागत गर्दै बाषर््िाक रुपमा गरेको क्रियाकलापको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले संगठनले स्वास्थ्य शिविर, मासिक रुपमा आजिवन सदस्यहरुको जन्मदिन मनाउने, बचत समूह गठन, बहालवाला प्रहरी र पूर्व प्रहरीहरुबिच मिलन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण संगठनका कोषाध्यक्ष धनश्याम के।सीले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh