Home / Feature Breaking news / कांग्रेसले कोईरालाको स्मृति दिवश मनाउने

कांग्रेसले कोईरालाको स्मृति दिवश मनाउने

घोराही, ६ चैत

नेपाली कांग्रेसका पूर्व सभापति एवं शिखर पुरुष स्व.गिरिजाप्रसाद कोईरालाको स्मृति दिवश दाङमा मनाईने भएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा चैत ७ गते स्मृति दिवश मनाईने भएको हो ।

क्षेत्रिय समितिको आज बुधवार घोराहीमा बसेको बैठकले स्मृति दिवश मनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका पूर्व सभापति एवं नेपाली ईतिहासका शिखर पुरुष स्व.गिरिजाप्रसाद कोईरालाको १५ औँ स्मृति दिवश विहीवार मनाउने निर्णय गरेको हो ।

साथै बैठकले विहान ११ बजेदेखी पार्टि कार्यालय घोराहीमा हुने कार्यक्रममा उपस्थितिकालागि सम्पूर्णमा अनुरोध गरेको छ ।

क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसका क्रियाशील सदस्य जुद्धबहादुर डाँगी र केदारराज श्रेष्ठको हालै भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*