Home / Feature Breaking news / कांग्रेस दाङले खटायो क्षेत्र न.२ को २७ वडामा प्रतिनिधी

कांग्रेस दाङले खटायो क्षेत्र न.२ को २७ वडामा प्रतिनिधी

घोराही, १४ कार्तिक

नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तरगत क्षेत्र न. २ मा खटिने प्रतिनिधीहरुलाई प्रशिक्षण दिएको छ । कांग्रेसले एक कार्यक्रम आयोजना गरेर वुधवार प्रशिक्षण दिएको हो ।

नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरि अभियान अन्तरगत क्षेत्र न. २ को वडाहरुमा खटिने प्रतिनिधीहरुलाई प्रशिक्षित गरेको हो । नेपाली कांग्रेस क्षेत्र न. २ का कार्यवाहक सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले अभियानलाई सफल बनाउनकालागी लागिपर्न सम्पूर्ण वडामा खटिने प्रतिनिधीहरुलाई अनु्रोध गर्नुभयो ।

उहाँले वडामा संगठनको गतिविधी, नियमीत बैठक, रिक्त पदपूर्ति, संगठनमा समावेशीकरण, क्रियाशील सदस्यको विवरण, सदस्यता नविकरण लगायत संगठन सुदृढिकरणकालागी कार्य गर्न सम्पूर्ण प्रतिनिधीहरुलाई अनुरोध गर्नुभयो ।

उहाँले पार्टिले गरेका विकास र समृद्धिका विषयहरु वडा तथा टोल तहका कार्यकर्ता र सर्वसाधारणहरुलाई बुझाउन आवश्यक भएको बताउदै वर्तमान सरकारले गरेका सकारात्मक कार्यहरुको सन्देश दिन पनि आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस दाङले अभियानकालागी क्षेत्र न.२ मा अग्रज नेता, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधीहरु खटाएको छ । जस अनुसार घोराही उपमहानगरपालिका ४ मा श्याम सुवेदी, ६ मा गोमा रावत, ७ मा बमबहादुर डिसी, ८ मा दिपक पाण्डे, ९ मा दिपक रेग्मी, १० मा भुपबहादुर डाँगी, ११ मा निर्मल न्यौपाने, १२ मा किरणकिशोर घिमीरे, १३ मा लीला नेपाली, १४ मा पुष्पा श्रेष्ठ, १५ मा सावित्रा राना १६ मा विण बि.सी, १७ मा भोजराज पाण्डे, १८ मा अर्जुनकुमार श्रेष्ठ, १९ मा बद्रिकुमार खड्कालाई प्रतिनिधी पठाएको छ ।

यस्तै बंगलाचुली गाउँपालिका वडा न. १ मा पूर्ण मल्ल, २ मा निर्मला खनाल, ३ मा विपुल पोख्रेल, ४ मा कृष्णप्रसाद सुवेदी, ५ मा बिमला योगी, ६ मा मोहनलाल वली, ७ मा तेजबहादुर बि.क, तुलसीपुर उपमहानगर वडा न. १६ मा श्यामकुमार रेग्मी, १८ मा भरतबहादुर न्यौपाने र १९ मा गोविन्द मज्गैयालाई खटाईएको जिल्ला सचिव बालिका लम्सालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*