Home / Feature Breaking news / भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु

भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु

तनहुँको ऐना पहरामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दुर्घटनाग्रस्त बसबाट १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनास्थलमा प्रहरीले उद्धार जारी राखेको छ। केही यात्रु हराइरहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

भीर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने काम भइरहेको छ। उद्धारमा १० गोताखोरसहित सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको छ। प्रहरी पनि उद्धारमा खटिएको छ।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐना पहारा भन्ने ठाउँबाट मर्स्याङ्दीमा खसेको थियो।

यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बस सडकबाट मर्स्याङ्दी किनारमा कच्याकुचुक अवस्थामा देखिन्छ। दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर सहितको उद्धार टोली खटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*