लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्यान राज्य मन्त्री बिमला वलीले पदबाट राजीनामा दिएकी छन ।
मुख्यमन्त्री कुलप्रशाद केसी समक्ष गएर वलीले बुधबार आफ्नो राजीनामा बुझाएकी हुन । नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले वलीले पदबाट राजीनामा दिएको पुष्टि गरे ।
राज्य मन्त्री वली जेठ ३१ गते बिहान तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित वाइसियलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेपछि पछिल्लो समय बिबादमा मुछिएकी थिइन ।
वली स्वर्गिय उत्तरकुमार वलीकी श्रीमती हुन । उत्तरकुमार २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचन क्षेत्र नं. ३ ९ख० बाट निर्वाचित भएका थिए ।
२०७५ माघमा वलीको सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । त्यसपछि २०७६ मंसिरमा भएको उप निर्वाचनमा तत्कालिन नेकपाले बिमलालाई उम्मेदवार बनाएको थियो ।
सोही निर्वाचिनबाट निर्वाचित बिमलाले नेकपा बिभाजनको क्रममा नेकपा माओबादी केन्द्र रोजेकी थिइन ।