घाेराही, १४ बैशाख
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी गठबन्धनको तर्फृबाट घोराही १० मा मूल समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । नेपाली कांग्रेस वडा सभापति देबबहादुर वलीको अध्यक्षतामा भएको भेलाले वलीको संयोजकत्वमा मूल समिति गठन गरेको हो । जसको सहसंयोजकमा माओवादी केन्द्र वडाका अध्यक्ष बुद्धिराम चौधरी रहनुभएको छ । यस्तै सरद बिष्ट संयोजक र हरि डिसी सहसंयोजक रहेको युवा परिचालन समिति, बसन्त न्यौपाने संयोजक र विष्णु भण्डारी सहसंयोजक रहेको प्रचारप्रसार सामाग्री प्रकाशन तथा व्यवस्थापन उपसमिति गठन गरिउको छ । यस्तै छबिकुमारी बस्नेत एमसी संयोजक र कमला बाँठा मगर सहसंयोजक रहेको महिला परिचालन समिति गठन गरिएको छ । अन्य समिति तथा उपसमितिहरु आवश्यकता अनुसार गठन गर्ने निर्णय गरिएको कांग्रेसका वडा सचिव चित्रबहादुर रावतले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ख का सभापति अभियान बस्नेत, नेकपा माओवादी केन्द्रका लुम्बीनी प्रदेश सदस्य सुशीला शर्मा, वडा नम्बर १० का वडा अध्यक्ष पदका उमेद्वार दिपक पाण्डेले आफ्नो भनाई राख्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh