Home / Feature Breaking news / प्यूठानबाट दाङ आउदै गरेकाे बस दुर्घटना, एक बालककाे मृत्यु

प्यूठानबाट दाङ आउदै गरेकाे बस दुर्घटना, एक बालककाे मृत्यु

दाङ, ५ चैत । प्युठानबाट दाङकाे घाेराहीतर्फ जाँदै गरेकाे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । प्युठानकाे माण्डवी गाउँपालिका वडा नम्बर २ सेताे पहर नजिक बस दुर्घटना हुँदा एक बालककाे घटना स्थलमा मृत्युु भएकाे छ भने अन्य यात्रु घाईते भएका छन् । ना ३ ख ७१३२ नम्बरकाे बसमा सवार करिव एक दर्जन बढी यात्रु घाईते भएकाे प्रारम्भिक अनुमान गरिएकाे छ । दुर्घटना आज विहान साढे १० बजेतिर भएको हाे । बसमा कति यात्रु थिए भन्ने अझै पत्ता लागेकाे छैन । घटना स्थलमा अहिले बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली सहित स्थानीय उद्धारमा खटिएका छन् । दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाईतेलाई अहिले स्थानीयले उद्धार गरि मुर्कुटी अस्पतालमा लगेका छन् । घटना स्थलमा अहिले प्रहरी टाेली जाँदैछ । बस तीव्र गतिका दुर्घटनामा परेका यात्रु सुरेश खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*