दाङ,९कार्तिक । दाङमा पशुपन्छी विकास तथा पशुहरुको स्वास्थ्यका लागि दश करोड बढी बजेट बिनिया खर्च हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घोराहीमा सोमवार एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०७८ ्र ०८९ का लागि बिनियोजना गरेको कार्यक्रम तथा बजेटका बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा जिल्लामा पशुपन्छी विकास तथा पशु स्वास्थ्यका लागि दश कराड ३१ लाख ७६ हजार रकम बिनियोजना भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार मिसन कार्यक्रममा ९२ लाख, सेवा टेवा विस्तार कार्यक्रममा तीन करोड ७ लाख दुई हजार, स्वास्थ्य पोषण सुरक्षा कार्यक्रममा ९८ लाख रुपैंया प्रदेश सरकारले बिनियोजना गरेको छ ।
पशु विकास तथा पशु स्वास्थ्य कार्यक्रममा ६६ लाख ६३ रुपैँया,मत्स्य विकास कार्यक्रममा १४ लाख ७३ रुपैया, स्मार्ट कृषि गाउँ कार्यक्रममा दुई करोड २१ लाख ९९ हजार रुपैया खर्च हुने भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख केसीले बताए । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा ३६ लाख ७५ रुपैँया र पशुपन्छी रोगका लागि खोप अभियानका लागि २४ लाख ८ रुपैयाँ गरी जम्मा दश करोड ३१ लाख ७६ रुपैया चालुआर्थिक बर्ष बिनियोजन भएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख डा. बेदबहादुर केसीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पशुपालनका क्षेत्रमा बिनियोजन भएको बजेटलाई जनताको जीवनस्तरमा सुधार ल्याउने गरि खर्च गर्नुपर्ने बताएका थिए । पशुपालनका माध्यमबाट जनताको आर्थिक जीवनस्तरमा सुधार गर्न सके समृद्ध समाज निर्माणमा सहयोग पुग्ने समेत बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दा शाखाका उपाध्यक्ष बसुन्धरा गौतम, कृषि ज्ञान केन्द्र घोराहीका फिर्तुमान चौधरी, घोराही उपमहानगरपालिका पशु विकास शाखाका लगायतले मन्तव्य व्यक्त गरेका थिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका मत्स्य विकास अधिकृत महेन्द्र यादवको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण पशु स्वास्थ्य शाखा प्रमुख भरत देवकोटाले गरेका थिए ।
RaptiSandesh RaptiSandesh