देवी भण्डारी
घोराही, १४ भदौ
जिल्ला प्रहरी प्रमुख एस पि दुर्गाचन्द सिह चन्दले जिल्ला प्रहरी कार्यालय दाङले भदौ महीनामा महीलाहिसाका विरुद्ध जनचेतना अभियानलाइ अभियानका रुपमा संचालन गर्ने बताउनु भएको छ । क्रियाशील पत्रकार महीला डव्लु डव्लु जेको आयोजनामा सन्डे क्लब अन्तरगत आज घोराहीमा गरिएको सिंहसँगको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले यस्तो वताउनु भएको हो । जिल्ला प्रहरी प्रमुख सिहले जिल्लाको शान्ती सुरक्षा र अमनचयन राख्न आफु सक्रिय भएको बताउदै यसमा सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । क्रियाशील पत्रकार महीला दाङकी अध्यक्ष सन्ध्या रेग्मीको अध्यक्षता एवं जिल्ला प्रहरी प्रमुख एस पि दुर्गा सिह चन्दको प्रमुख आतीथ्यमा सम्पन्न साक्षात्कार कार्यक्रममा सिंहले गुण्डा गर्दी, चोरी, अवैध धन्दा, मोटरसाइकल चोरी लगायत असामाजीक तत्वहरुलाई निरुत्साहीत गर्न सुरक्षा निकायले त्यस्ता गिरोहहरुलाइ केहीदिन यता नियन्त्रणमा लीन सुरु गरिसेकेको बताउनु भयो । उहाँले महीला हिंसा न्युनीकरणका लागी जनचेतनालाई अभियानका रुपमा संचालन गरिने पनि जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, क्रियाशील पत्रकार महीला (डव्लु डव्लु जे) का मध्यमश्चिम सल्लाहकार लीला शाह, नेपाल प्रेस युनीयनका केन्द«ीय सदस्य सुलोचना गौतम, नेपाल प्रेस युनीयनका जिल्ला उपाध्यक्ष बसुन्धरा गौतम, महीला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य, सञ्चारिका समुह दाङकी अध्यक्ष नारायणी रजौरे, दाङ जिल्ला उद्योग वाणीज्य संघका सचीव माया पोख्रेल लगायतले सुचनामा सहज पहुँच, न्यायमा सहजता , कानुनी राज्यको प्रत्याभुति, मानवअधिकारको प्रत्याभुती हुने गरि काम गर्न प्रहरी प्रमुख चन्दलाइ आग्रह गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण क्रियाशील पत्रकार महीला दाङकी कोषाध्यक्ष रोशनी मल्लले गर्नुभएको थियो ।
यसैविच
दाङमा क्रियाशील विभीन्न सञ्चार संगठनहरुले क्रियाशील पत्रकार महीला (डव्लु डव्लु जे) को संयोजन तथा अगुवाइमा महिला पत्रकार एवं डब्लु डब्लु जे दाङकी सचीव पार्वती वस्नेतका श्रीमान प्रमोद वर्माको रहस्मय हत्याको उचीत छानविन गरि न्यायका लागी पहल गरिदिन दाङका प्रहरी प्रमुख एस पि दुर्गा सिंह चन्दलाई अनुरोध गरेका छन् । नेपाल पत्रकार महासघ दाङ, क्रियाशिल पत्रकार महिला, सकल्प महिला सञ्चार सस्था दाङ, सञ्चारिका समुह दाङ, नेपाल प्रेस युनियन, पत्रकार महिला मञ्च लगायतका सञ्चार संघ सस्थाल ज्ञापनपत्रमार्फत घटनाको सत्यतथ्य पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

त्यस अवसरमा बोल्दै प्रहरी प्रमुख दुर्गासिह चन्दले कुनै पनी मुद्धालाइ प्रहरीले गंभीरता पुर्वक लीने बताउदै त्यसको अनुसन्धान प्रक्रिया चलिरहेको बताउदै पिडीतले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । घटना जिल्ला बाहिर भएपनि आँफूले यसलाई गम्भीरतापूर्वक लिएको भन्दै न्यायका लागी सक्दो पहल गर्ने बताउनु भयो ।
मृतक प्रमोद वर्माकी श्रीमती पत्रकार पार्वती वस्नेतले परिवारको तर्फवाट ध्यानार्कषणपत्र प्रहरी प्रमुख चन्दलाइ बुझाउनु भएको थियो । पत्रकार वस्नेतले आफना श्रीमानको हत्या भएका एथेष्ट प्रमाणहरु रहेको बताउदै हत्यामा संलग्नहरुको पहीचान छिटो भन्दा छिटो गरि न्यायका लागी पहल गरिदिन पनि आग्रह गर्नुभभयो ।
RaptiSandesh RaptiSandesh