Home / Feature Breaking news / दाङको सिमा क्षेत्रमा थप कडाई, दश नाकामा सुरक्षा पोस्ट

दाङको सिमा क्षेत्रमा थप कडाई, दश नाकामा सुरक्षा पोस्ट

दाङ, ५ बैशाख ।

सिमा क्षेत्रमा  सुरक्षासंगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षामा कडाई गरिएको छ । लकडाउनको समयमा सिमा क्षेत्रमा मानिसहरुको आउने–जाने रोक्न र लकडाउनका क्रममा हुने अपराधीक गतिविधि रोक्ने उदेश्यले जिल्ला सुरक्षा समिति दाङले आजदेखी जिल्लाका थप ३ नाकामा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट स्थापना गरेको हो ।

आजदेखी दाङका खवरी, डगमारा र भैसाही नाकामा सशस्त्र प्रहरीको अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन ।

दाङको नेपाल–भारत सिमा क्षेत्रका अब १० ठूला नाकाहरुमा सुरक्षा पोस्ट पुगेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । उनका अनुसार करिब एक महिना अघि सालभौरी,गुरुङ,पटौली,खङ्गा नाकामा सशस्त्र प्रहरीको सिमा सुरक्षा पोस्ट स्थापना गरिएको थियो ।

यसअघी  प्रमुख नाका कोइलावास र सुनपथरी नाका सिमा सुरक्षा पोस्ट रहेको थियो । स्थापना गरिएका अस्थायी सुरक्षा पोस्टमा ३० देखि ४० जनासम्मको व्यवस्था गरिएको छ ।

उनका अनुसार भारतसँग सिमा जोडिएको प्रमुख नाका रुपमा रहेका कोइलावास नाकासहित साना ठूला गरी ३१ नाकाहरु अनिश्चितकालका लागि बन्द भएको छ । जिल्लाको ८३ किलोमिटर क्षेत्रमा रहेका नाकाहरुमा सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*