Home / समाचार / विरेन्द्र माविमा पूर्व विद्यार्थी भेला सम्पन्न

विरेन्द्र माविमा पूर्व विद्यार्थी भेला सम्पन्न

तुलसीपुर, २५ कार्तिक
वीरेन्द्र माध्यमिक विद्यालय तुलसीपुर १ मा आज पूर्व विद्यार्थी सम्मेलन कार्यक्रम सम्पन्न भएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्याैपानेकाे अध्यक्षता तथा पहिलाे पटक विद्यालयबाट वि. स. २०४० सालकाे एस. एल. सी परिक्षामा सम्मिलित भई सफल भएका चन्दन सिंह गुरुङको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा न १ का अध्यक्ष हुमाकान्त साप्काेटाकाे विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यालयकाे समग्र विकास सम्बन्धमा छलफल गरिएकाे थियाे ।

कार्यक्रममा पूर्व विद्यार्थीहरुकाे तर्फबाट विनाेद शर्मा, डा.लाेकराज पराजुली, खुम प्रसाद भन्डारी, खगेश्वर भन्डारी, हिमाल कंडेल, सेबकराम भन्डारी, तुलसी गिरी, डा. कुमार आचार्य, प्रेम नेपाली, याेगमाया याेगी, तुलसी राणा, चुडामणी ढकाल लगाएतका व्यक्तिहरुले विद्यालयकाे समग्र विकासका लागि आफ्नाे प्रतिबद्धता सहितकाे मन्तव्य राख्नुभएकाे थियाे । सम्मेलनले डा. लाेकराज पराजुलीकाे अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन गरेको छ । जसकाे उपाध्यक्षमा विनाेद शर्मा, सचिवमा हिमाल कंडेल, काेषाध्यक्षमा पारेश्वर भट्टराई, सह-सचिवमा याेगमाया याेगी, सदस्यहरुमा प्रकाश भट्टराई, प्रेम नेपाली, तुलसी राना र सल्लाहकारमा डा. कुमार आचार्य, खगेश्वर भन्डारी र तुलसी गिरी चयन हुनुभएकाे छ।
विद्यालयका शिक्षक फस्ट बहादुर रानाकाे स्वागत मन्तव्य बाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण प्रधानाध्यापक टाेप बहादुर घर्तीले गर्नुभएकाे थियो।
वि. स २०१७ सालमा स्थापना भएकाे विद्यालयले पहिलाे पटक पूर्व विद्यार्थीहरूकाे भेला गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*