Home / Feature Breaking news / प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि बेलभुण्डीमा

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि बेलभुण्डीमा

दाङ, २३ असार । लुम्बिनी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०७९ शुक्रबारदेखि दाङको बेल्झुण्डीमा सुरु हुदैछ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजन एवं लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शुक्रवारदेखि प्रतियोगिता हुन थालेको हो ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्ने भएका छन् । उद्घाटन दिउँसो १ बजेका लागि तय गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकास भट्टराईले जानकारी दिएका छन् । तीन दिनसम्म चल्ने प्रतियोगिताको एथ्लेटिक्स ट्रयाकतर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र÷छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्र÷छात्रा रिले दौड तथा फिल्डतर्फ हाईजम्प,लङजम्प,त्रिपल जम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र÷छात्राबिच बेल्झुण्डी रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै तेक्वान्दो, कराते छात्र÷छात्रातर्फको खेल मल्टिप्रपोज कवर्डहल तुलसीपुर र भलिबल, कबडी बेल्झुण्डीमै राख्ने तयारी भएको लुम्बिनी प्रदेश खेलकुद परिषद टेकबहादुर बिकले जानकारी दिएका छन् । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य जिल्लास्तरको राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेका ११ जिल्लाबाट प्रदेशका लागि छनोटमा परेका खेलाडी र अफियल गरी झण्डै १३ सय बढीको सहभागिता रहनेछ ।

यसैबिच प्रतियोगिता संचालनको जिम्मा पाएको प्रदेश खेलकुद परिषदले रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पारेको जानकारी दिएको छ । प्रदेशमा छ्नोटमा परेका खेलाडीले यहि असार २८ देखि ३० गतेसम्म काठमाडौमा हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा भाग लिनेछ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*