Home / Feature Breaking news / घोराहीवाट दुई जना नक्कली प्रहरी पक्राउ

घोराहीवाट दुई जना नक्कली प्रहरी पक्राउ

दाङ,१९ साउन । प्रहरीले दाङको घोराहीवाट दुई जना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । परेका छन् । प्रहरीको नक्कली परिचय पत्र देखाएर होटेलहरुमा निःशुल्क खाना खाने, होटेल सञ्चालकहरुसंग पैसा माग्ने तथा धम्क्याउने दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ९ दक्षिण कर्मटुवा निवासी ३० बर्षीय सरोज नेपाली र सल्यान जिल्लाको दार्मा गाउँपालिका ४ भलचौर निवासी ३० बर्षीय गोपाल मल्ललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन।

उनका अनुसार नेपालीले आफुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत सई योगेन्द्र हमाल भएको भन्दै नक्कली परिचय पत्र देखाएर होटेलहरुमा निशुल्क खाने र पैंसा मागेर थर्काउने जस्ता कार्य गर्दै आएका थिए । नेपालीले घोराही १५ ट्राफिक चोकस्थित लुम्बिनी होटेल र मालिका भ्याली भ्यू होटेलमा गई होटेल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिक रुपमा रकम दिनुपर्छ भनेर धम्क्याउने गरेको उजुरीका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिएका छन् ।

त्यस्तै हमालले आफु असई भएको भन्दै घोराही १५ ट्राफिक चोकको पाहुना गेष्ट हाउनमा पैंसा नदिएरै फ्रिमा खाना खाने गरेको तथा होटेल सञ्चालकलाई धम्क्याउने समेत गरेका थिए । उनीहरु दुबै जनालाई शनिवार घोराहीवाट पक्राउ गरिएको प्रहरीले बताएको छ । नेपाली र हमाल दुबैका विरुद्ध अभद्र व्यवहार गर्न नहुने शिर्षकमा मुद्दा दायर गरि अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट आइतवार दश दिनको म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*