Home / Feature Breaking news / शिक्षक संघद्धारा जिल्ला प्रतिनिधि सभामा उपस्थितिका लागि आग्रह

शिक्षक संघद्धारा जिल्ला प्रतिनिधि सभामा उपस्थितिका लागि आग्रह

दाङ,९ माघ । नेपाल शिक्षक संघ दाङको जिल्ला प्रतिनिधि सभा माघ ११ गते शनिवार हुने भएको छ ।

जिल्ला प्रतिनिधि सभा कार्यक्रममा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सहितका पदाधिकारी आउने भएका छन । कार्यक्रमको उदघाटन संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले गर्ने कार्यक्रम तय भएको नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले जानकारी दिएका छन ।

उनका अनुसार जिल्ला प्रतिनिधि सभाका लागि विशिष्ट अतिथिको रुपमा नेपाल शिक्षक महासंघका संघीय महासचिव लक्ष्मी किशोर सुवेदी, नेपाल शिक्षक संघका संघीय महासचिव सोमनाथ गिरीलगायतका शिक्षक नेताहरु दाङमा आउने छन । कार्यक्रममा संघीय उपाध्याक्ष अमरबहादुर खड्का, ५ नं प्रदेश अध्यक्ष अर्जुनकुमार योगी लगायतका शिक्षक नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न हुने नेपाल शिक्षक संघ दाङले जनाएको छ ।

संघको बिहिवार घोराहीमा सम्पन्न सचिवालय बैठकले प्रतिनिधि सभामा उपस्थितिका लागि नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई अनुरोध गरेको छ । वनभोज समेत गर्ने गरी घोराहीको बाह्रकुने दहमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुन शिक्षक संघले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक संघका आवद्ध सदस्यहरुले आफ्नो स्थानीय तहको समितिसँग समन्वय गरी कार्यक्रममा उपस्थितिका लागि सचिवालय बैठकले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*