Home / Feature Breaking news / रेशम धागो उत्पादनका लागि ४५ विगाहमा किम्वु खेती

रेशम धागो उत्पादनका लागि ४५ विगाहमा किम्वु खेती

दाङ, २१ जेठ । देउखुरीमा रेशम धागो उत्पादनका लागि ४५ विगाहमा किम्वुको व्यवसायीक खेती गरिएको छ । २०७३ सालदेखि सुरु भएको किम्वु खेती तीन बर्षमा ४५ विगाह जमिनमा फैलिएको छ । कपडा बनाउनका लागि प्रयोग गरिने रेशम धागो उत्पादन गर्न सकिने भएपछि देउखुरीका स्थानीयवासी किम्वु खेतीतर्फ आकर्षित भएका छन ।

२०७३ सालमा धादिङवाट देउखुरी गढवा गाउँपालिका वडा नं.३ हडैयाँमा आईपुगेको महेशदत्त अधिकारीले दश विगाह जमिनबाट सुरु गरेको किम्वु खेती पछिल्लो समय स्थानीयले समेत व्यवसाय सुरु गरेका छन । दश विगाह जमिनवाट सुरुभएको व्यवसाय अहिले पश्चिम नेपालकै ठुलो व्यवसाय भएको अधिकारी बताउँछन । कम मेहनतमा किम्वुवाट धेरै उत्पादन लिन सकिने भएपछि अहिले देउखुरीका धेरै स्थानीयहरु किम्वुको व्यवसायीक खेतीतर्फ लागेका छन ।

जसका कारण पछिल्लो तीन बर्षमा ३५ विगाह जमिनमा किम्वुको व्यवसायीक खेती भईसकेको स्वर्गद्धारी रेशम खेती विकास तथा अनुसन्धान प्रशोधन श्रोत केन्द्रका सचालक महेशदत्त अधिकारीले बताए । ‘किम्वुको व्यवसायीक खेती गन सके राम्रो आम्दानी गर्न सकिन्छ’,व्यवसायी अधिकारीले भने,‘त्यसैले पछिल्लो समय देउखुरीका धेरै किसानले व्यवसाय सुरुवात गर्नुभएको छ ।’ उनका अनुसार देउखुरीका गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका धेरै स्थानमा अहिले व्यवसाय सुरुवात भएको समेत बताए ।
एक लाख ५० हजार किम्वुका विरुवा रोपेर व्यवसाय सुरुवात गरेका उनले हाल १६ लाख विरुवा पु¥याएका छन । हालसम्म करिव ५० लाख रुपैयाँ लगानी गरेको बताउने अधिकारीले यसबर्षमात्र १२ लाख नयाँ विरुवा उत्पादन गरेका छन । दाङमा एक सय विगाह बढि जमिनमा किम्वु खेती विस्तार गर्ने लक्ष्य लिएका अधिकारीले किम्वुको व्यवसायमा ३० जनालाई रोजगारी समेत प्रदान गरेको बताए । उनले आफुले उत्पादन गरेको ८० प्रतिशत रेशम धागो जापान, अमेरिकालगायतका देशसम्म व्यापारीमार्फत पठाउने गरेको बताउँछन । बाँकी धागो आफैले कपडा उत्पादनमा प्रयोग गर्ने गरेका छन ।

किम्वुलाई व्यवसायीक रुपमा अघि बढाउन सके रोजगारीका लागि कोही पनि विदेशिन नपर्ने अधिकारी बताउँछन । ‘किम्वु बहुउपयोगी फल हो । यसलाई राम्रोसँग खेती गर्न सकियो भने धागो उत्पादनसँगै बाख्रापालन, कुखुरापालन व्यवसाय समेत गर्न सकिन्छ’, अधिकारीले भने,‘जसले गर्दा किसानहरुले एउटै व्यसायवाट धेरै फाइदा लिन सक्छन ।’ किम्वुको एउटै विरुवावाट किसानले धेरै फाइदा लिन सक्ने उनको भनाई छ । किम्वुवाट रेशम धागो उत्पादनकालागि अधिकारीले दुई वटा किरा पाल्ने घर समेत निर्माण गरेका छन ।

बहुउपयोगी फलका रुपमा रहेको किम्वु व्यवसाय गर्न सके किसानले माथिको टुप्पो तरकारी र चियाँलाई प्रयोग गर्न सकिने,किराका विष्टलाई बाख्रा र कुखुरालाई खुवाउन मिल्ने,फललाई वाईन,जाममा प्रयोग गर्न सकिने पाँतवाट रेशम धागो उत्पादन गर्न सकिने अधिकारीले बताए । विरुवा रोपेको छ महिनादेखि उत्पादन लिन सकिने र रोपेको कम्तीमा पनि ५०÷६० बर्षसम्म निरन्तर किसानले उत्पादन लिन सक्ने उनी बताउँछन ।

व्यक्तिको सानो लगानीवाट सुरुभएको व्यवसायमा पछिल्लो समय स्थानीय तथा प्रदेश सरकारले समेत व्यवसायीलाई सहयोग गर्न थालेको छ । रेशम धागो उत्पादनका लागि सुरुभएको किम्बुको व्यवसायीक प्रवद्र्धनकालागि प्रदेश नं. ५ सरकारसँगै गढवा गाउँपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको व्यवसायी अधिकारी बताउँछन । व्यवसाय प्रवद्र्धनका लागि राज्यको सहयोग पाएपछि स्थानीयहरु समेत किम्वुको व्यवसायीक खेतीतर्फ आकर्षित भएको उनको भनाई रहेको छ ।

सय विगाह भन्दा बढि खेतीमा किम्वु खेती गर्न सके दाङमा कपडा उत्पादनका लागि उद्योग सञ्चालन गर्ने तयारीमा रहेको अधिकारी बताउँछन । किम्वु अधिकारीको पुर्खेउली पेशा रहेको उनी बताउँछन । उनको परिवारले धादिङ र अर्घाखाचीमा समेत किम्वुको व्यवसायीक खेतीसँगै धादिङमा कपडा उत्पादन गर्दै आएको बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*