Home / Feature Breaking news / राप्तीको पानी लिप्ट गरेर १० विगाहमा सिंचाई

राप्तीको पानी लिप्ट गरेर १० विगाहमा सिंचाई

अमरराज आचार्य

दाङ, १९ चैत । राजपुर गाउँपालिका वडा नं. ३ कालीपुरुवाका स्थानीयले लिप्ट मार्फत सिंचाई गर्ने सुविधा पाएपछि खुसी भएका छन् । राप्ती नदीमा पानी बगेर जाने भएपनि उनीहरुले सिचाई सुविधा पाउन सकेका थिएनन् । तर अहिले लिप्टमार्फत पानी तानेर सिंचाई गर्न पाएपनि स्थानीय कृषकहरुमा खुसी भएको स्थानिय रामवरण यादवले बताए ।

सिंचाईको सुविधा नहुदा जमिन समेत बाझै हुने गरेको यादवको भनाई रहेको छ । ‘राप्ती नदी वगेको हेरेर जग्गा बाँझो राखेर वस्नु पर्ने वाध्यता थियो’ यादवले भने । खेती गरेपनि आकासे पानीको भरमा खेती गर्नु पर्ने वाध्यता रहेको उनको भनाइ छ । ‘अव हामी लाई खेती गर्दा आकाशको पानीको भर पर्नु पर्ने वाध्यता हटेने भयो’ यादवले भने ।

जसले गर्दा धेरैले जग्गा बाँझो छोड्ने गरेको उनको भनाइ रहेको छ । राप्ती नदिवाट पानी तान्नको लागि रकम धेरै लाग्ने त्यो रकम स्थानीयवासीले उठाउन नसक्दा लिप्ट सिचाई गर्न सकिएको थिएन उनी बताउछन । अहिले राप्ती नदिवाट लिप्ट गरेर पानी पुगे पछि कृषकहरुले गँहु काटेर कमै रोप्ने तयारी समेत थालेको उनको भनाइ छ ।

अव कृषकहरुले आफुले चाहे अनुसारको खेती गर्ने सक्ने यादवले बताए । उक्त स्थानमा प्रधानमन्त्रि कृषि आधुनिक परियोजना मकै सुपरजोन कार्यालय लमहीले अनुदानमा निर्माण गरिदिएको हो । जसका लागि साढे ५ लाख रकम खर्च भएको कमै सुपरजाने परियोजनाका सुचना अधिकृत पिताम्वर वस्नेतले जानकारी दिए ।

उनका अनुसार लिप्ट मार्फत सिचाइ पुयाउनका लागि परियोजनाको ८५ प्रतिशत र स्थानीयको १५ प्रतिशत लागत सहभागितामा लिप्ट सिंचाइ आयोजना निर्माण गरिएको हो । सोलारमार्फत मोटर चलाएर पानी लिप्ट गरीने भएको छ । जसले गर्दा विद्युत नुहदा समेत पानी तान्न सकिने छ भने उपभोक्ताहरुलाई विद्युत महशुल तिनु पर्ने वाध्यता समेत रहने छैन ।

उक्त लिप्ट आयोजनाको क्षमता २ एचपी रहेको सुचना अधिकृत वस्नेतले बताए । लिप्ट मार्फत १० विग्राह क्षेत्रमा सिचाइ गर्ने सकिने उनको भनाइ रहेको छ । यसरी राप्ती नदिमा लिप्टमार्फत सिंचाइ सुविधा पु¥याएको पहिलो रहेको सुचना अधिकृत वस्नेतले बताए । अन्य स्थानमा पनि लिप्ट मार्फत सिंचाइ पु¥याउनका लागि स्थायि सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकार संग सहकार्य गरेर योजना अगाडि वढाइने उनको भनाई रहेको छ ।

राप्ती नदिवाट नै लिप्ट गरी सिंचाइ गर्नेका लागि अन्य स्थानवाट पनि माग आएको वस्नेतले बताए । सिंचाइ सेवा पुगेपछि बाँझो रहेको जमिनको सदुपयोग हुने उनको भनाई छ । नजिकै पानी भएपनि त्यसको योग हुन सकेको थिएन । ‘सिंचाइको सुविधा पुगेपछि कृषकहरुले खेती गरी उत्पादन गरी आफनो आर्थिक स्थितिमा समेत सुधार ल्याउनु हुने छ’ अधिकृत वस्नेतले भने । सिंचाई सुविधा नहुदा जिल्ला धेरै जग्गा बाँझै रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*