Home / Feature Breaking news / जिल्ला शिक्षा कार्यालय दाङमा तालाबन्दी

जिल्ला शिक्षा कार्यालय दाङमा तालाबन्दी

घोराही, १९ चैत
शिक्षक दरवन्दी मिलान कार्यान्वयनको माग गर्दै शिक्षकहरुले शिक्षा कार्यालय दाङमा तालाबन्दी गरेका छन् । जिल्लामा शिक्षक दरवन्दी मिलानका लागि पटक पटक लिखित रुपमा सहमती भएपनि त्यसको कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघको अगुवाईमा शिक्षकहरुले शिक्षकहले सामेवार कार्यालयकै मुल गेटमा नै ताला लगाएका हुन् ।

शिक्षक दरबन्दी मिलान कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा स्थानीय तहलाई दिने यसअघि पटकपटक लिखित सहमति भए पनि त्यसमा जिल्ला शिक्षा कार्यालयले सहयोग नगरको शिक्षकहरुको भनाई छ ।

शिक्षा कार्यालयले त्यो दरबन्दी मिलान कार्यान्वयन हुन नसक्ने भनेपछि स्थानीयतहमा पुगेको फाइल समेत थन्कीएका छन् । दरबन्दी मिलानको प्रक्रियालाई टुंगोमा पु¥याउनकालागि कार्यालयमा तालाबन्दी गरेको शिक्षक महासंघ दाङका अधयक्ष अमरबहादुर खड्काले जानकारी दिए ।

द्यार्थी अनुपात, विषयगत र विभागको निर्देशन विपरित कार्यदलले दरबन्दी मिलान तयार गरेकोले समस्या भएको जिल्ला शिक्षा कार्यालयको भनाई छ । विभागको निर्देशन भन्दा बाहिर गएर काम गर्न नसक्ने जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले बताए ।

जिल्लामा १ सय ९ विद्यालयमा शिक्षक दरवन्दी शुन्य छ । प्राविमा ३२, निमाविमा ५१ र माविमा २६ वटा विद्यालयमा कुनै पनि विषयको दरबन्दीको शिक्षक नभएको जिल्ला शिक्षा कार्यालयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*