Home / Feature Breaking news / वडा सदस्य लम्सालद्धारा विद्यार्थीलाई सहयोग

वडा सदस्य लम्सालद्धारा विद्यार्थीलाई सहयोग

नारायणपुर, ११ पुष
घोराही उपमहानगरपालिका वडा नम्बर १० की सदस्य लक्ष्मी लम्सालले एक विद्यालयलाई व्यक्तीगत कक्षाकोठा सामाग्री सहयोग गर्नभएको छ । घोराही १० मा रहेको श्री नवोदय बाल कल्याण निमावि दक्षिण अम्राईमा कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुकालागी उहाँले शैक्षिक सामाग्री सहित कक्षाकोठा सामाग्री सहयोग गर्नुभएको हो ।

लम्सालले कक्षा १ मा अध्ययनरत २२ जना विद्यार्थीहरुकालागि कक्षामा विछ्याउनकालागि २२ थान कुसन (गद्दा) एवं कापी, कलम र सरसफाईकालागि एक एक रुमाल सहयोग गर्नुभएको छ ।

IMG_2373

यी सामाग्री मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लम्सालले कक्षाकोठामा कुसनको आवश्यकता देखेर आँफूले व्यक्तीगत रुपमा ती विद्यार्थीहरुकालागि सहयोग गरेको बताउनुभयो ।

उहाँले यो सहयोग सानो भएपनि प्रेरणाको बाटो बन्न सक्ने बताउनुभयो । सार्वजनिक विद्यालयमा भौतिक पूर्वाधारसँगै कक्षाकोठा सामाग्री एवं शैैक्षिक सामाग्रीको अभाव हुने गरेको बताउदै यसमा विद्यालय, अभिभावक एवं शिक्षाप्रेमीहरुको ध्यान जान आवश्यक भएको बताउनुभयो ।

मंसिर १३ गते क्षयरोग दिवशको अवसरमा विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन विद्यालयमा उपस्थित भएको समयमा विद्यार्थीहरु चिसो भुईमा बसेको देखेरपछि आफूले न्यानो होस् भनेर कुसन सहयोग गरेको उहाँको भनाई छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्याक बालिका डिसीले विद्यार्थीहरुकालागि सहयोग गर्ने लम्साललाई धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रमको सहजिकरण शिक्षक गंगाराम आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*