दाङ, १ कार्तिक
दाङको हेमन्तपुरबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
मंगलवार राति करिब ११ बजेको समयमा तुलसीपुर उपमहानगरपालीका वडा नं।१८ हेमन्तपुर स्थित गणेश रावत भन्ने राजविक्रम आर।सी।को घरमा अवैध जुवा खेलाई रहेको भन्ने सुचना जानकारीको आधारमा पुगेको प्रहरी टोलीले १० हजार ४ सय ३० रुपैया सहित ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालीका वडा नं।१८ हेमन्तपुरका वर्ष ४१ को गणेश रावत, ४९ वर्षको टोप वहादुर डागी, मनिकापुरका वर्ष ४९ को पदम वहादुर वली, हेमन्तपुरका वर्ष ३६ को विजय गौतम, तुलसीपुर १७ झीगई वस्ने वर्ष ३९ को राकेश परीयार, वनकट्टी वस्ने वर्ष ५५ को चित्र वहादुर वस्नेत र घोराही उपमहानगरपालीका वडा नं।५ धर्ना वस्ने वर्ष ४१ को माधव कुमार गिरी रहेका छन् ।
पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० अन्तर्गत आवस्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानजकारी दिएको छ ।
RaptiSandesh RaptiSandesh