Home / Feature Breaking news / दही बेचेरै मासिक ३५ हजार आम्दानी गर्दै श्यामलाल

दही बेचेरै मासिक ३५ हजार आम्दानी गर्दै श्यामलाल

लिलाधर वली
दाङ, २३ असोज

देउखुरी राजपुर गाउपालिका–६ बेलाका ६० बर्षिय श्यामलाल यादवका लागि घोराही दैनिकी जस्तै भएको छ । दिनभरी घरमा भैसी चराउने, भैसीलाई घासपातसँगै घरको काममा व्यस्त हुने श्यामलाल हरेक दिन विहानै दहि बोकेर बेच्न घोराहीसम्म आउने गर्छन् ।

देउखुरी क्षेत्रका धेरै गाँउका किसानहरुले भैसी पाल्छन् । तीनै भैसीको दुध लिएर बजार क्षेत्रमा उनीहरुले दही बेच्न आउने गर्छन् । डेरीमा बेच्दा उचित मुल्य नपाइने गरेका कारण हरेक दिन दहि लिएर बेच्न घोराही आउने गरेको उनले श्यामलालले बताए ।

घरको आर्थिक आम्दानीको मुख्य माध्यम भैसीपालन बनाएका श्यामलाल विगत १०–१२ बर्षदेखि आफु निरन्तर देउखुरीको लमही, गढवासँगै घोराहीसम्म घरमा दहि बेच्न आउने गरेको बताउछन् । दहि बेचेर जम्मा भएको पैसाबाटै ६ जनाको परिवार चलाउदै आएका छन् ।

८ वटा भैसी पालेका श्यामलालका अहिले तीन वटा भैसीहरुले दुध दिने गरेका छन् । जसबाट दैनिक २२ देखि २५ लिटरसम्म दुध जम्मा हुन्छ । दुध र दहि बेचेर मासिक ३० देखि ३५ हजारसम्म कमाउने गरेको उनको भनाई छ ।

त्यहीबाट आउने पैसाले घरखर्चसँगै दुई छोरा र एक छोरीलाई पढाउदै आएको उनी बताउछन् । भैसीपालन पुर्खेली पेसा भएका कारण पनि आफुलाई भैसीपालन गर्न सहज भएको उनीले बताए ।

घरमा पहिलेदेखि नै भैसी पाल्ने गर्थे, जसले गर्दा अहिले मलाई भैसी पाल्न सहजसँगै आर्थिक आम्दानी समेत हुने गरेको श्यामलाल बताउछन् । आफुसँगै भैसीपालनमा श्रीमति र पढाई नहुदा छोराछोरीहरुले सहयोग गरेको उनी बताउछन् ।

देउखुरीमा भैसी चराउनलाई प्रशस्त जमिनसँगै घासको लागि जंगल भएकाले पनि भैसी पाल्नलाई आफुलाई सहज भएको बताए । खेती गर्नुभन्दा भैसीपाल्न सहज हुने र दुध,दही खान पाईने भएका कारण पनि घरपरिवार भैसीपालनवाट सन्तुष्ट हुने गरेको उनको भनाई छ ।

भैसीपाल्दा दु.ख हुने गरेपनि दुध,दही विच्दा तत्कालै पैसा आउने र पैसा पनि ठिकै कमाई हुने गरेका कारण आफुसँगै घरपरिवार सन्तुष्ट भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*