घाेराही, ३१ साउन
दाङ उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकालागि भएकाे निर्वाचनमा कुल मतकाे ७७ प्रतिशत मत खसकाे छ । ३ वर्षकालागि नयाँ नेतृत्व चयन गर्न अाज मंगलवार भएकाे निर्वाचनमा २ हजार ९२ मतदाता रहेकाेमा १ हजार ६ सय २८ मत खसेकाे निर्वाचन अधिकृत रेवतिरमण भट्टराईले जानकारी दिनुभयाे । विहान ८ बजेदेखी वेलुका ६ बजेसम्म मतदान भएकाे थियाे । मतगणना अाजैदेखी सुरू हुने निर्वाचन समितिले बताएकाे छ ।
निर्वाचनमा मञ्जु बज्राचार्यकाे नेतृत्वमा प्रजातान्त्रिक प्यानल र नारायण भुषाालकाे नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा छन् ।