Home / Feature Breaking news / पत्रकारका लागि बिज्ञान लेखन तालिम सुरु

पत्रकारका लागि बिज्ञान लेखन तालिम सुरु

दाङ, २६ मंसिर । दाङको घोराहीमा पत्रकारहरुका लागि बिज्ञान लेखन तालिम सुरु भएको छ । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) को आयोजनामा सोमबारदेखि पत्रकारहरुलाई बिज्ञान सम्बन्धि प्राबिधिक ज्ञान दिने उद्देश्यले बिज्ञान लेखन तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले सत्यमा आधारित समाचारसंगै समृद्व समाज निर्माणका लागि तालिमले सहयोग पुर्‍याउनेमा जोड दिएका थिए । उनीहरूले प्रविधिकको बिकाससंगै पत्रकारहरुले पनि आफ्नो क्षमता बिकासमा जोड दिदै विषयगत ज्ञान हासिल गर्नका लागि इच्छुक हुनुपर्ने बताएका थिए ।

तालिमको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले तथ्यमा आधारित सत्य कुराको समाचार लेख्नका लागि पत्रकारहरुलाई तालिमले सहयोग पुर्याउने बताए । उनलेे अपुर्न ज्ञानले भ्रम पूर्ण समाचार आउन सक्ने भन्दै तथ्यमा आधारित समाचारका लागि ज्ञान आवश्यक रहेको बताएका हुन ।

नगर प्रमुख चौधरीले समृद्व र समुन्नत समाज निर्माणका लागि पनि यो तालिमले सहयोग पुग्ने बताए । स्मार्ट सिटीलाई समेत बिज्ञान र प्रविधिले जोड्ने भएकाले हरेक नागरिकले प्रबिधिको बिकासमा जोड दिनुपर्ने बताएका थिए । तालिम पूर्ण नभएपनि सिक्न चाहने व्यक्तिका लागि उपयोगी हुने बताए ।

नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले हरेक दिन हरेक विषयमा ज्ञान राख्नुपर्ने भएकाले पत्रकारहरुले सबै विषयमा ज्ञान राख्नुपर्ने बताए । तथ्यमा आधारित समाचार लेखनसंगै समाजलाई सहि सूचना दिनका लागि हरेक पत्रकारले ज्ञान हासिल गर्नुपर्ने बताएका हुन । तालिमले बिधागत ज्ञान हासिल गर्नका लागि सहयोग पुर्याउने बताए ।

कार्यक्रममा तालिमको उद्वेश्यका बारेमा वरिष्ठ पत्रकार केदार शर्माले जानकारी दिदै तालिमले अबैज्ञानिक लेखनलाई चिर्दै बिज्ञान संम्बत लेखनलाई सहयोग पुग्ने बताए । उनलेे यस्ता कार्यक्रमहरु देशभर गर्दै हिडेकाे बताएका थिए ।

नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा सुनिलबाबु श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण नास्टका प्रबर्द्धन तथा प्रचार महाशाखा प्रमुख लुना बज्रले गरेकी थिइन् । तालिमको प्रशिक्षकमा केदार शर्मा र छत्र कार्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*