Home / Feature Breaking news / निर्वाचन आयोग क्षेत्राधिकार बाहिर गयो : पत्रकार महासंघ

निर्वाचन आयोग क्षेत्राधिकार बाहिर गयो : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको भन्दै निर्वाचन आयोगप्रति आपत्ति जनाएको छ।

महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सञ्चार माध्यम र सामाजिक सञ्जालमा संप्रेषण सामग्रीको अनुगमनका लागि नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरो रहेने गरी संयन्त्र निर्माण गरेको भन्दै आपत्ति जनाएको हो।

प्रेस अफिस नामक संयन्त्रले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्नू संविधान विपरीत भएको भन्दै महासंघले निर्वाचन आयोग क्षेत्राधिकार बाहिर गएको टिप्पणी गरेको छ।

निर्वाचनका सबै प्रक्रियाका विषयमा सञ्चार माध्यमको परिचयपत्र वा पत्रकार महासंघको परिचयपत्र वा सरकारी निकायबाट जाारी पत्रकार परिचय पत्रका आधारमा निर्वाचनसम्बन्धी समाचार संकलन, प्रकाशन तथा प्रसारणको वातावतरण मिलाउन आयोगलाई महासंघले आग्रहसमेत गरेको छ।

महासंघले आयोगले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई सशस्त्र निकायको संलग्नतामा नियन्त्रण गर्न खोजे त्यसको प्रतिवाद र अवज्ञा गर्ने चेतावनीसमेत दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*