Home / Feature Breaking news / काेभिड संक्रमण पुन: भयावह हुँदै, शुक्रबार थपिए झन्डै १ हजार संक्रमित

काेभिड संक्रमण पुन: भयावह हुँदै, शुक्रबार थपिए झन्डै १ हजार संक्रमित

देशभर ९६८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १४ हजार ९७१ जनाको परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १३ हजार ७०९ जना संक्रमणमुक्त भइसकेका छन् । हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भइसकेको छ । आज कसैको मृत्यु भएको छैन ।

देशभर सक्रिय संक्रमित ५ हजार ७४१ जना छन् । २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आईसीयूमा ८१ र भेन्टीलेटरमा १५ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार २८६, संस्थागत आईसोलेसनमा ४५५  र क्वारेन्टाइनमा ११३ जना छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*