Home / Feature Breaking news / महिला जेसिजद्वारा मानव सेवा घरलाई सामाग्री हस्तान्तरण

महिला जेसिजद्वारा मानव सेवा घरलाई सामाग्री हस्तान्तरण

घाेराही, ११ फाल्गुन
बेवारिसे मानवहरूकाे सेवामा समर्पीत मानव कल्याण सेवा समाज सेवा घरलाई दाङ महिला जेसिजले विभिन्न सामाग्रीहरू हस्तान्तरण गरेकाे छ । मंगलवार सेवा घरमा एक कार्यक्रमकाे अायाेजना गरि सेवा घरकालागी अावश्यक सामाग्रीहरू हस्तान्तरण गरेकाे हाे ।
दाङ महिला जेसिजका अध्यक्ष ममता विष्टकाे अध्यक्षता एवं मानव कल्याण समाज सेवा घरका संस्थापक अध्यक्ष सुमित्रा चाैलागाईकाे प्रमख अातिथ्यमा भएकाे कार्यक्रममा लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्ने वक्ताहरूले मानवताकाे सेवा नै जिवनकाे सर्वाेत्तम कार्य हाे भन्ने मान्यताकासाथ सामाजिक कार्यमा क्रियाशील जेसिजले मानव सेवा घरका अावश्यक सामाग्री सहयाेग गरेकाेमा प्रशंसा व्यक्त गर्दै अागामी दिनमा पनि सामाजिक कार्यमा क्रियाशीलताकाे निरन्तरताकाे शुभकामना व्यक्त गरेका थिए । मानव सेवा घरले दाङमा शाखा स्थापना गरेर सडक मानवकाे सेवामा समर्पीत भएकाेमा खुशी व्यक्त गर्दै सेवा घरलाई निरन्तरताकाेलागी सबैकाे सहयाेग अावश्यक भएकाे उनीहरूकाे भनाई थियाे । कार्यक्रममा त्रिभुवननगर जेसिजका अध्यक्ष मुकेश शर्मा, दाङ महिला जेसिजका निवर्तमान अध्यक्ष जीवा भुषालले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रम संयाेजक दिलु मल्लकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा काेष वृद्धि सभापति सुमीता गिरीले अाश्था पाठ गरउनुभएकाे थियाे । कार्यक्रममा सहभागीहरूलाई कार्यकारिणी उपाध्यक्ष जुनु बुढा मगरले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण महासचिव सुनिता थापाले गर्नुभएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*