Home / Feature Breaking news / बंगलाचुलीमा नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश

बंगलाचुलीमा नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश

हिमाल महरा
घोराही–९ माघ । बंगलाचुली गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली काँग्रेस गरेका छन ।

पूर्व जनमुक्ती सेना समेत रहेका चन्द्र बहादुर घर्तिसहित यमलाल बुढा, तारासिङ रोका, किर्पासिङ बुढा, निमबहादुर बुढा, रणबहादुर रोका, ईन्द्र रोका, शिबलाल ओली, मिलन खत्री, मोतिलाल ओलीलगायत नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

उनीहरुले नेपाली राजनीतिमा नेपाल कम्युनिष्ट पार्टीले गरिव दुःखी जनताको सेवा भन्दा ब्याक्तिगत स्वार्थ र जनतालाई धोका दिने काम गरेको हुँदा कांग्रेसमा प्रवेश गरेको बताएका छन । नेपाली कांग्रेस बंगलाचुली–५ वडा सभापति केशव जिसीको सभापति तथा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापती मोहनलाल वलीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रवेश गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण सुवेदी, नेपाली कांग्रेस क्षेत्र नं. २ का सहसचिव जितबहादुर ओली, शिक्षक संघका प्रतिनिधि रोमबहादुर वलीलागायतले बोलेका थिए । नेपाली कांग्रेस बंगलाचुली ५ वडा सचिव खडक जि.एम को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस बंगलाचुलीका सचिव ईन्द्रमणि वली गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*