Home / Feature Breaking news / सरकारको असंवैधानिक कदमको विरोधमा घोराहीमा प्रदर्शन

सरकारको असंवैधानिक कदमको विरोधमा घोराहीमा प्रदर्शन

दाङ,८ माघ । सरकारले असवैधानिक रुपमा गरेको संसद विघटनको बिरोधमा नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१५ नम्वर वडा समितिले घोराहीमा बरोध प्रदर्शन गरेको छ । जनताले दिएको जनअभिमतको सम्मान गर्दै विघठित प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै विरोध प्रदेशन गरेको हो ।

पञ्चेबाजासहित नारावाजी गर्दै घोराही बजार परिक्रममा गरेका थिए । विरोध ¥यालीपछि घोराहीको तुलसीपुरचोकमा भएको विरोधसभालाई सम्वोधन गर्ने बक्ताहरुले सरकारलाई असंवैधानिक कदम सच्याउन आग्रह गरेका थिए । सरकारको असबैधानिक कदमले जनताको बलिदानी र त्यागबाट प्राप्त भएकाका

उपलव्धीहरु गुम्ने खतरा रहेको भन्दै लामो संघर्षपछि प्राप्त उपलव्धी रक्षाका लागि जनताहरु जाग्न समेत आग्रह गरेका थिए । कार्यक्रमलाई संवोधन गर्दै संविधानसभा सदस्य राजु खनालले विघटन जनताको अभिमत विरुद्ध भएको बताएका थिए । उनले जनविरोधी कदमको विरोधमा जनतालाई एकजुट हुन समेत आग्रह गरेका थिए । ‘नेकपाले जनतासँग निर्वाचनमा गरेका बाचाहरुको अहिले झुट सावित भएको छ’–उनले भने–‘अव पनि जनता कम्युनिष्टहरुको जालमा पर्नुहुदैन ।’ सरकारको यो कदमले देशलाई अस्थीरतातर्फ लैजाने समेत उनले बताए ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–१५ का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस श्रम विभाग केन्द्रीय सदस्य बमबहादुर डिसी, यातायात विभागका केन्द्रीय सदस्य धुर्व केसी, नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव धुर्वराज ज्ञवाली, घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमा पाण्डेय, नेपाल महिला संघकी पुष्पा श्रेष्ठ, नेपाल महिला संघकी स्थापक अध्यक्ष बिमला योगी, नेपाल बिद्यार्थी संघका पुर्व क्षेत्रीय संयोजक तिलक रावतलगायतले बोलेका थिए ।

उपसभापति पदमराज शर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा सहभागीहरुलाई सुनिलकुमार देवकोटाले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सहसचिव शिशिर अधिकारीले गरेका थिए ।

यसैविच नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. ७ ले पनि विरोध कार्यक्रम गरेको छ । इकाइ सभापति कर्णबहादुर बुढाथोकीको अध्यता तथा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भुपबहादुर डाँगीको प्रमुख आतिथ्यता एव नेपाली कांग्रेसका जिल्ला सदस्य भीमप्रकाश खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य केशवबहादुर केसी, नेपाल दलित संघका अध्यक्ष बाबुराम विक, नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, बिपी युवा तथा नेतृत्व विकास मञ्चका जिल्ला अध्यक्ष सरोज शाह, नेपाल किसान संघका क्षेत्रीय सभापति चन्द्रप्रसाद चौधरी, नेपाली कांग्रेसका इकाइ पूर्व उपसभापति रोवरबहादुर केसी,तरुण दलका सदस्य शरद केसी, लनिमप्रसाद चौधरी, लौटन चौधरी,नन्दबहादुर चौधरी, शंकर वलीलगायतका बक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । उपसभापति ठाकुरप्रसाद लामिछानेको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण हरीप्रसाद चौधरीले गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेस घोराही १७ इकाई समितिले पनि विरोध कार्यक्रम गरेको छ । इकाइ सभापति बझउना चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतम, कांग्रेसका पूर्व जिल्ला सचिव दिपककुमार रेग्मी, नेपाल महिला संघका जिल्ला सदस्य सरस्वता गौतमलगायले बोेलेका थिए । कार्यक्रमको सहजीकरण निरज गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*