Home / Feature Breaking news / कांग्रेसले आज वडा–वडामा विरोध सभा गर्दै

कांग्रेसले आज वडा–वडामा विरोध सभा गर्दै

दाङ, ८ माघ

नेपाली काँग्रेसले केन्द्रीय कार्यक्रम अनुसार बिहीबार दाङ सहित देश भरका सबै वडा हरुमा विरोध सभाको आयोजना गदै छ ।
नेकपा कम्युनिष्ठ सरकारको काम कारवाही, कुशासन, अनियमितता, भ्रष्टाचार, अधिनायकवाद र केपी शर्मा ओलीको पछिल्लो कदम विरुद्ध नेपाली कांग्रेसले विरोध कार्यक्रम गर्न लागेको हो ।

सडक देखि संसद सम्म सरकारलाई दबाव दिन र जनताको बितृष्णालाई सम्बोधन गर्न कांग्रेस संघर्षमा उत्रिएको जनाएको छ । यस अघि प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै हरेक पालिकामा विरोध कार्यक्रम गरि सकेको कांग्रेसले बिहीबार जिल्लाका सय वटै वडासँगै मुलुक भरका ६ हजार ७ सय ४३ वटा वडामा एकै साथ विरोध सभा गर्न लागेको दाङ काग्रेसले जनाएको छ ।

देश भरका ७ सय ५३ वटै स्थानीय तहका हरेक वडामा गर्न लागेको विरोध प्रदर्शनको विषयमा नेपाली कांग्रेस घोराही उपमहानरपालिका वडा नम्बर १५ ले पत्रकार सम्मेलन गरि आजको विरोध कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेको छ । प्रतिपक्षमा रहेको कांग्रेसले लोकतन्त्रको रक्षासँगै नागरिकको पीडा र भावनालाई मुखरित गदै सरकारलाई दबाव दिने काग्रेसको भनाइ रहेको छ ।

पत्रकार सम्मेलनमा विहिवार विहान साढे ११ वजे घोराहीको विपी चोक वाट ¥याली निकालीने भएको छ । ¥याली बजारका विभिन्न भागको परिक्रमा गरि तुलसीपुर चोकमा पुगेर कोण सभा आयोजना गरिने नेपाली कांग्रेस घोराही वडा नं १५ का सभापति प्रकाश श्रेष्ठले बताए । कार्यक्रममा सहभागिताका लागि नेपाली काग्रेसका सदस्य, शुभ चिन्तकहरु संगै समस्त लोकतन्त्रवादीमा अनुरोध गरे । कार्यक्रमा सविधान सभा सदस्य राजु खनाल, तिर्थराज चैतु लगाएतकाले सम्बोधन गर्न भएको श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सविधान संभा सदस्य राजु खनालले नेकपाको आन्तरिक विवादले पदीय भाग बण्डा नमिल्दा लोकतान्त्रिक संविधान माथि नै प्रहार गरेर भएको बताए । अहिलेका प्रधानमन्त्रि केपी ओलीले देशमा अराजकता मच्चाएको उनको आरोप रहेको छ । राजनीतिक स्थायित्व र लोकतन्त्रका लागि जनताले नेकपालाई जनमत दिए पनि आफ्नै कारणले नेकपामा समस्या पैदा भएको उनले बताए । ‘सरकारले गरेको नराम्रो कामका वारेमा जनतालाई जानकारी दिनका काँग्रेसले कार्यक्रम गदै आएको हो’ खनालले भने ।

देशमा यस प्रकारको समस्या आउनमा मुख्य दोषी केपी ओली भएपनि दाहाल नेपाल समूह पनि उत्तिकै जिम्मेवार रहेको खनालको भनाइ रहेको छ । अहिलेको सरकार जनताको काम गर्न भन्दा पनि पदको लडाइमा लागि परेको आरोप लगाए । वडा नं १५ का इकाइ समितीका उप सभापति पदम शर्माको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव शिशिर अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*