Home / Feature Breaking news / आईटिएफ तेक्वान्दो खेलाडीहरुको घोराहीमा पेटी परिक्षा

आईटिएफ तेक्वान्दो खेलाडीहरुको घोराहीमा पेटी परिक्षा

दाङ,३ माघ । आईटिएफ तेक्वान्दो खेलाडीहरुको कालोपेटी परिक्षा,डेमोसेसन तथा खेलाडी सम्मान कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ ।

दाङ आईटिएफ तेक्वान्दो संघको आयोजनामा लुम्विनी प्रदेश आईटिएफ तेक्वान्दो संघको दोश्रो चरणको कालोपेटी परिक्षा, डेमासेसन तथा खेलाडी सम्मान कार्यक्रम भएको हो । पहिलो, दोश्रो र तेश्रो पेटी परिक्षामा चार जिल्लाका ३८ जनाले भाग लिएका थिए । परिक्षामा दाङ, बाँके, बर्दिया र प्युठान जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोजक दाङ आईटिएफ तेक्वान्दो संघका खेलाडीहरुले डेमोसेसन, नृत्य, आत्मरक्षा सम्वन्धी कला प्रदर्शन गरेका थिए । कार्यक्रममा ११ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा दाङबाट पदक प्राप्त गर्ने खेलाडीहरु आयुष्मा गिरी, सरिता नेपाली र मिसन बुढामगरलाई नगद,प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

दाङ आईटिएफ तेक्वान्दो संघका कोषाध्यक्ष भकमा बिष्ट बस्नेतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिका–१३ का अध्यक्ष रविलाल बुढा, नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका प्रतिनिधि लुम्विनी प्रदेशका अध्यक्ष बिरेन्द्र शाहीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

दाङ आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण पञ्चमाया गिरी बुढाथोकीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*