Home / Feature Breaking news / ट्राफिक प्रहरीद्वारा सेवा घरलाई सहयोग

ट्राफिक प्रहरीद्वारा सेवा घरलाई सहयोग

दाङ,१५ पुस । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत दुई प्रहरीहरुले मानव कल्याण समाजद्वारा सञ्चालित सेवा घरलाई न्यानो कपडा सहयोग गरेका छन् ।

प्रहरी हवल्दार काशीनाथ चौधरी र प्रहरी जवान जनक खड्काले करिव नौ हजार मुल्य बराबरको न्यानो कपडा सहयोग गरेका हुन । घोराही–१५ दिपशिखा रोडमा सडकमा बेसाहरा जीवन बिताउने मानिसहरुको उद्धार गरि संरक्षण गर्दै आएको सेवा घरलाई तीन सेट सिरक,डसन्ना,तन्ना र सिरानी सहयोग गरेका हुन ।

सेवाघरमा बस्ने मानिसहरुलाई चिसो समयमा समस्या नहोस भन्ने उद्देश्यले सहयोग गरेको उनीहरुले बताएका छन् । खड्काले यसअघि पनि सल्यानको कपुरकोट गाउँपालिकालाई ३५ हजार बराबरको खाद्यान्न सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*