Home / Feature Breaking news / मास्क अभियान्ता बीरुद्वारा अम्विकेश्वरी मन्दिरमा एक हजार पिस मास्क सहयोग

मास्क अभियान्ता बीरुद्वारा अम्विकेश्वरी मन्दिरमा एक हजार पिस मास्क सहयोग

मास्क अभियान्ता बीरुको सहयोग निरन्तर

दाङ,३ कार्तिक । मास्क अभियान्ता बीरबहादुर खत्री ‘बीरु’ ले निशुल्क मास्क वितरण अभियानलाई निरन्तरता दिदै आएका छन् ।

कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले गएको चैत महिनामा गरेको लकडाउनका क्रममा खत्रीले थालेको निशुल्क मास्क वितरण अभियानलाई उनले निरन्तरता दिदै आएका छन् ।

अभियानका क्रममा खत्रीले सोमवार घोराही उपमहानगरपालिका–१८ को अम्वापुरमा रहेको अम्विकेश्वरी मन्दिरलाई एक हजार पिस सर्जिकल मास्क सहयोग गरेका छन् । उक्त मास्क अम्विकेश्वरी मन्दिर संरक्षण एव संम्वर्धन समितिका अध्यक्ष कुमुद पोख्रेल, उपाध्यक्ष शंकर गौतम, निर्वतमान अध्यक्ष बिनोद पोख्रेललगायतलाई खत्रीले हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसको जोखिमको समयमा मन्दिरमा मास्क नलगाएर पूजापाठनका लागि आउने भक्तजन तथा मन्दिरको पूजापाठ एव व्यवस्थापनमा खटिने व्यक्तिहरुलाई कोरोना भाइरसबाट बच्न सहयोग पु¥याउने उद्देश्यले मास्क सहयोग गरेको खत्रीले बताएका छन् । ‘दशैं सुरु भएपछि अम्विकेश्वरी मन्दिरमा भीडभाड बढ्ने गर्द ।

जसले गर्दा मन्दिरमा पूजापाठका लागि आउने भक्तजनहरुसँगै पूजापाठका लागि मन्दिरमा खटिने पूजारीहरु समेत जोखिममा हुनुहुन्छ’–अभियान्ता खत्रीले भने–‘जोखिमा रहेका भक्तजन,पुजारीसँगै मन्दिरमा आउने अन्य व्यक्तिहरुलाई कोरोना बचाउने उद्देश्यले मास्क सहयोग गरेको छु ।’ उनले मन्दिर व्यवस्थापन समितिलाई मन्दिरमा पूजापाठनका लागि मास्क नलगाएर आउने भक्तजनहरुलाई निशुल्क रुपमा मास्क बाड्ने गरी सहयोग गरेको समेत बताए ।

मास्क सहयोग गर्ने खत्रीलाई अम्विकेश्वरी मन्दिर संरक्षण एव संम्वर्धन समितिका अध्यक्ष कुमुद पोख्रेललगायतले धन्यावाद व्यक्त गरेका थिए । खत्रीले स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सञ्चारकर्मी,कर्मचारीसँगै सर्वसाधारण नागरिकहरुलाई निशुल्क रुपमा मास्क सहयोग गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*