दाङ,२४ असोज । दाङका एक जना १५ वर्षीय कोरोना संक्रमित बालकको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका ३ गोग्ली निवासी १५ वर्षीय बालकको बाकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा शुक्रबार साझ मृत्यु भएको हो । उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा गएका उनलाई यहि असोज २० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।
स्वाव परिक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएपछि उनलाई अस्पतालको कोरोना उपचार युनिट सारिएको थियो । कोरोना संक्रम ण पुष्टी भएपछि उनलाई प्लाजा थेरापी बिधिका माध्यमबाट उपचार गरिएपनि बालकको स्वास्थमा सुधार नआएपछि शुक्रबार साझ साढे ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसंगै दाङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ जना पुगेको छ ।