Home / Feature Breaking news / राष्ट्रियसभा सचेतक देवकोटाद्वारा प्रादेशिक राजधानीको स्वागत

राष्ट्रियसभा सचेतक देवकोटाद्वारा प्रादेशिक राजधानीको स्वागत

दाङ,२० असोज । नेपाली कांग्रेस राष्ट्रियसभा सचेतक तथा नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटाले प्रदेश नं. ५ को नाम लुम्विनी र राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने निर्णयको स्वागत गरेकी छिन् ।

प्रदेशका सवै जिल्लालाई पायक पर्ने स्थानमा राजधानी बनाउने निर्णयको देवकोटाले स्वागत गरेकी हुन ।  राष्ट्रियसभा सचेतक देवकोटाले गोरक्षसँग कुरा गर्दै प्रदेश स्थापना भएको लामो समयपछि प्रदेश नं. ५ ले न्याय पाएको समेत बताइन ।

‘संघीयताको मर्म र भावना अनुसार प्रदेशको स्थायी राजधानी दाङमा हुन आवश्यक थियो’–कुराकानीमा देवकोटाले भनिन्–‘तर यसअघि विविध कारणले दाङ राजधानी हुन सकेको थिएन, मंगलवार बसेको प्रदेशसभाको बैठकले प्रदेशसभाको नाम लुम्विनी र प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा बनाउने निर्णय ग¥यो । यो अत्यन्त राम्रो निर्णय गरेको छ ।’

उनले दाङ प्रादेशिक राजधानी बनाउन भूमिका खेल्ने सवैलाई धन्यावाद गर्दै देउखुरीमै प्रादेशिक राजधानी राख्नका लागि संरचना निर्माणमा थाल्न समेत आग्रह गरेकी छिन । त्यसका लागि प्रदेश सरकारलाई नेपाली कांग्रेस र दाङले सहयोग तयार रहेको समेत बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*