Home / Feature Breaking news / ९ महिने शिशुसहित थप ३७ जनामा कोरोना संक्रमण

९ महिने शिशुसहित थप ३७ जनामा कोरोना संक्रमण

दाङ,२० भदौ । दाङमा ९ महिने शिशुसहित थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार गरिएको स्वाब परिक्षणका क्रममा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

घोराही उपमहानगरका विभिन्न वडा,जिल्ला प्रशासन कार्यालय, तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरुबाट संकलन गरिएको कुल ४०४ जनाको स्वाब परिक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको हो । दाङमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाव परिक्षणका क्रममा थप ३७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित हुनेमा घोराही उपमहानगरपालिकाका १८ जना रहेका छन् । जस अनुसार घोराही ६ का १ जना, १० का ९ जना, ११ का ४ जना, १५ का ४ जना रहेका छन् । उनीहरु मध्य १० जना पुरुष र ८ जना महिला रहेका छन् । ती मध्य ७ जना जिल्ला प्रशासन कार्यालयबाट संकलित स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएका व्यक्ति हुन् ।

त्यसैगरी तुलसीपुर क्षेत्रबाट संकलन गरि गरिएको स्वाब परिक्षणमा ९ महिने शिशुसहित १८ जनामा कोरोना देखिएको छ । जस अनुसार तुलसीपुर उपमहानगरपालिका १ का १ जना, ५ का ४ जना, ६ का ४ जना, ७ का २ जना, ८ का १ जना, १७ का १ जना, १८ का २ जना र १९ का ३ जनामा कोरोना देखिएको छ । त्यस्तै जिल्लाको शान्तिनगर गाउँपालिका ५ निवासी १ जनामा पनि कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८ सय ३८ पुगेको छ । उनीहरु मध्य ७ सय ६ जना उपचारपछि निको भई डिस्चार्ज भईसकेका छन् बाँकी १ सय ३० जना उपचारका क्रममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*